fbpx

एनपिएलः पोखराको दोस्रो हार, जनकपुरको तेस्रो जित

author

समाचारपाटी

२ महिना अगाडि

पोखरा एभेन्जर्सलाई सात विकेटले हराउँदै जनकपुर बोल्ट्सले सिद्धार्थ बैक नेपाल प्रिमियर लिग एनपिएलमा लगातार तेस्रो जित हात पारेको छ । पोखराको भने यो लगातार दोस्रो हार हो । जितको लागि १३९ रनको लक्ष्य पछ्याएको जनकपुरले १७ ओभर १ बलमा ३ विकेटको नोक्शानीमा लक्ष्य पूरा ग¥यो । ओपनर अनिल साह १ रनमा विपिन खत्रीको बलमा एलबिडब्लु धरापमा परे । यतिखेर जनकपुरले मात्र १० रन बनाएको थियो । यसपछि आशिफ शेख र लाहिरू मिलान्थाले दोस्रो विकेटको लागि ७२ रनको साझेदारी गरे । लाहिरू मालिन्था ४५ रन जोड्दै आउट हुँदा अर्धशतकबाट ५ रनले चुके । उनले ३२ बलको सामना गर्दै ८ चौका प्रहार गरे । तेस्रो विकेटको रूपमा आसिफ शेख ३३ रन जोडेर कुशल भुर्तेलको बलमा विपिन खत्रीद्वारा क्याच आउट भए । यसपछि जेम्स निसमले विस्फोटक ब्याटिङ गर्दै जनकपुरलाई सहज जित दिलाए । उनले १६ औं ओभरमा मार्कस क्रिच्लेको बलमा तीन छक्का प्रहार गर्दै सो ओभरमा जनकपुरले २० रन बनायो । यसपछि १८ औं ओभरको पहिलो बलमा छक्का प्रहार गर्दै जनकपुरलाई सात विकेटको जित दिलाए । उनले २० बलमा ५ छक्कासहित अविजित ४० रनको उत्कृष्ट पारी खेले । 
यसअघि पहिले ब्याटिङ गरेको पोखरा एभेन्जर्सले २० ओभरमा ७ विकेट गुमाउँदै १३८ रन मात्र बनायो। पोखराका कुनैपनि खेलाडीहरूले ठूलो रन जोड्न सकेनन् । उसको लागि मार्कस क्रिच्लेले सर्वाधिक ३५रन बनाए । माइकल लिस्कले २५ र एन्ड्रीज गाउसले २० रन जोडे। कप्तान कुशल भुर्तेल आज पनि क्रिजमा टिक्न सकेनन। उनले मात्र ६ रन बनाए । बलिङमा ललित राजवंशीले ४ ओभर बलिङ गर्दै ३१ रन खर्चेर ३ विकेट लिए । जारी प्रतियोगितामा उनको यो सातौं विकेट हो। जेम्स निशमले २ विकेट झारे । 
लगातारको तेस्रो जितमा जनकपुरले ६ अंक बनाएको छ । जनकपुरले यसअघि बिराटनगर किंग्स र कर्णाली याक्सलाई समान ८ विकेटले हराएको थियो । दोस्रो खेलमा पनि अंकको खाता खोल्न सकेको छैन । पोखरा पहिलो खेलमा चितवन राइनोजसँग ८७ रनले पराजित भएको थियो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

आइतवार, माघ १३, २०८१

११.१५°

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक