fbpx

एनपिएल क्रिकेटः सुदूरपश्चिमसँग विराटनगरको हार

author

समाचारपाटी

२ महिना अगाडि

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपिएलमा विराटनगर किंग्सलाई ९० रनले हराउँदै सुदूरपश्चिम रोयल्सले विजयी शुरूवात गरेको छ । विराटनरको यो लगातार दोस्रो हार हो । जवाफमा १८३ को विशाल विजय लक्ष्य पछ्याएको विराटनगर किंग्स १६ ओभर १ बलमा सम्पूर्ण विकेट गुमाउँदै ९२ रनको लज्जास्पद योगफलमा समेटियो । खराब ब्याटिङ गरेको विराटनगरले ११ रन जोड्दा ३ विकेट गुमाइसकेको थियो । यसपछि कुनैपनि समय साझेदारी बन्न सकेन । निरन्तर अन्तरालमा विकेट गुमिरहँदा विराटनगर निरिह बन्यो । उसको लागि बसिर अहमदले २४, राजेश पुलामीले १४ र अनिल खरेलले अविजित १० रन बनाए ।

यसबाहेक अन्यले दोहोरो रन छुन सकेनन् । बलिङमा स्कट कुगेल्जन र अविनाश बोहराले ३÷३ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदुरपश्चिम रोयल्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८२ रन बनायो । जारी एनपिएलमा कुनैपनि टिमले बनाएको यो अहिलेसम्मकै उच्च योगफल हो । ओपनर अनिल श्रेष्ठ १ रनमा, बिनोद भण्डारी २३ रनमा र आरिफ शेख ९ रनमा आउट हुँदा सुदूरले ३ विकेटको नोक्शानीमा ३ विकेट गुमायो । सेफ जेब १४ र ब्रयान्डन म्याकमुलेन ३६ रनमा आउट भए । यसपछि ईशान पाण्डे र दीपेन्द्रसिंह ऐरीले छैटौं विकेटको लागि ४९ रनको साझेदारी गरे । पाण्डे १६ बलमा २ चौका र १ छक्का सहित २१ रन जोडेर रन आउट भए । कप्तान दीपेन्द्र सिंह ऐेरीले आक्रमक ब्याटिङ गर्दै अर्धशतक पूरा गरे । उनले मात्र २३ बलमा ३ चौका र ४ छक्कासहित अर्धशतक पूरा गरे । यसपछि अन्तिम बलमा छक्का प्रहार गर्दै अविजित ५७ रनको उत्कृष्ट पारी खेले । बलिङमा अनिल खरेलले सर्वाधिक ३ विकेट लिए । क्रिस सोल, इस्मात अलाम र बसिर अहमदले समान १÷१ विकेट लिए । कप्तान सन्दीप लामिछाने भने लगातार दोस्रो खेलमा विकेट बिहिन बने । जितमा सुदूरले २ अंक जोड्यो । लगातार दुई खेल हारेको विराटनगरले अंकको खाता खोल्न सकेको छैन ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

आइतवार, माघ ६, २०८१

१८.०३°

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

सरकारले संसद् छली अध्यादेश ल्याएकोमा दलहरूको आपत्ति

निर्माण व्यवसायीका समस्या सम्बोधन गर्न सरकारलाई १५ दिने अल्टिमेटमु

एमालेको कारबाहीपछि भीम रावल धनगढीमा ओलीविरुद्ध नाराबाजी

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक