काठमाडौं । टीयू क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)को आज फाइनल खेल हुँदैछ । फाइनलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्टस् भिड्दैछन् । फाइनल खेल हेर्न बिहानैदेखि टीयू क्रिकेट मैदानमा दर्शक भरिभराउ छन् । दुवैतर्फकका टिम समर्थकले आआफ्ना टिमको समर्थनमा प्लेकार्डसहित उपस्थित भएका छन् ।
फाइनलमा टस जितेर जनकपुरविरुद्ध सुदूरपश्चिम रोयल्सले ब्याटिङ गर्ने निर्णय गरेको छ । सुदूरपश्चिम दीपेन्द्र सिंह ऐरीको कप्तानीमा तथा जनकपुर आसिफ शेखको कप्तानीमा मैदान उत्रँदैछ ।
नेपाली क्रिकेट इतिहासकै सबैभन्दा ठूलो फ्रेन्चाइज प्रतियोगिताको उपाधि कसले जित्ला भन्ने कौतहुलता त छ नै त्यतिकै मात्रामा फाइनल हेर्न दर्शकसमेत उत्साहित देखिन्छन् । प्रतियोगितामा विभिन्न ८ फ्रेन्चाइज टोली सहभागी थिए । जसमध्ये सुदूरपश्चिम र जनकपुर बोल्टस्ले फाइनल यात्रा तय गरेका हुन् ।
तस्वीरहरु :- विकास श्रेष्ठ, चन्द्रबहादुर आले