fbpx

एनपिएलः सुदूरपश्चिम शिर्षमा रहँदै पहिलो क्वालिफायरमा

author

समाचारपाटी

१ महिना अगाडि

सुदूरपश्चिम रोयल्सले आईतवार पोखरा एभेन्जर्समाथि नाटकीय जित निकाल्दै नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअफसँगै पहिलो क्वालिफायरमा स्थान बनाएको छ । जितको संघारमा देखिएको पोखराबाट जित निकालेपछि सुदूरपश्चिम एनपिएलको शिर्ष स्थानमा रहँदै पहिलो क्वालिफायरमा पुगेको हो । पोखराले जितका लागि अन्तिम सात बलमा आठ रन मात्र आवश्यक थियो । प्लेअफ होडबाट बाहिरिसकेको पोखरासँग चार विकेट पनि हातमा हुँदा जित सम्भव देखिन्थ्यो । तर खातामा थप दुई रन जोड्दा चार विकेट नै गुमाउँदै पोखरा नतिजा सुम्पिन पुग्यो । अन्तिम ओभरमा स्कट कुजेलिनले दुई विकेट लिए । एक विकेट रनआउटका रूपमा प्राप्त गरेको थियो । त्यसअघि १९ औं ओभरको खेल रोमाञ्चक र निर्णायक रह्यो ।

आक्रामक ब्याटिङ गरिरहेका रेमन रेइफर्ट ३३ रन र माइकल लिस्क ५ रनमा आउट भए । हरमित सिंहले यी दुवै विकेट लिँदै सुदूरपश्चिमलाई खेलमा फर्काएका हुन् । डेथ ओभरमा पनि उत्कृष्ट बलिङ गरेपछि सुदूरपश्चिमले लक्ष्य जोगाएको हो । जितसँगै सुदूरपश्चिम ६ खेलबाट १० अंक जोड्दै शिर्ष स्थानमा उक्लियो । अब सुदूरपश्चिमले लिगकै अन्तिम खेलमा कर्णाली याक्ससँग खेल्नेछ । त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको १५४ रनको लक्ष्य पछ्याएको पोखराले २० ओभरमा सात विकेट गुमाउँदै १४८ रन मात्र जोड्न सक्यो ।

पोखराका ओपनरद्वय आन्द्रियस गौसले ३६ रन र दिनेश खरेलले १५ रन जोडे । गौसले २१ बलमा चार चौका र दुई छक्का हिर्काउँदै राम्रो शुरुवात दिलाए । तर कप्तान कुशल भुर्तेल शुन्यमा र दिलीप नाथ १ रनमा आउट भए । तर आठौं ओभरमा आन्द्रियस र ११ औं ओभरमा जेन मलिक १० रनमा पेभेलियन फर्किए । यससँगै पोखरामाथि दबाब पर्यो । १० ओभरको खेल सकिँदा ६७÷४ को अवस्थामा थियो । तर त्यसपछि ब्याटिङमा आएका रेइफर्ट र किरण ठगुन्नाले इनिङ समाल्दै जित सम्भावना बढाए पनि सफल भएन । यी दुईले छैटौं विकेटका लागि ७० रनको साझेदारी गरे ।

तर १९ औं ओभमार रेमन र २०औं ओभरमा किरण आउट भए । रेमनले २८ बलमा समान दुई चौका र छक्का हिर्काए । किरणले पनि २८ बलमा तीन चौका र एक छक्का प्रहार गरे । सुदूरपश्चिमको बलिङमा स्कटले ३.५ ओभरमा पाँच विकेट लिए । उनले एक मेडन राख्दै १८ रन मात्र दिए । हरमितले तीन र सैब जैबले एक विकेट निकाले । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा सात विकेट गुमाएर १५३ रन बनायो ।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १५३ रन बनाएको थियो । सुदूरपश्चिमका आरिफ शेखले सर्वाधिक ४२ रन बनाए । उनले ३८ बलमा दुई चौका र एक छक्का प्रहार गरे । आरिफ र दिपेन्द्रले पाँचौं विकेटको लागि ४१ रनको साझेदारी गरेका थिए । यो नै सर्वाधिक ठूलो साझेदारी रह्यो । ब्रान्डन म्याकमुलन २३, कप्तान दीपेन्द्रसिंह ऐरी २०, बिनोद भण्डारी १४, हरमित १३ र ईशान पाण्डे १० रन बनाए । पोखराको बलिङमा कप्तान कुशलले दुई विकेट लिए । रेमन, सागर ढकाल र लिस्कले समान एक विकेट निकाले ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

बिहिबार, माघ १०, २०८१

९.९६°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक