काठमाडौंमा इलेक्ट्रिक प्रदर्शनी सम्पन्न, ३० हजार बढीले गरे अवलोकन

author

समाचारपाटी

१0 महिना अगाडि

काठमाडौंको भृकुटीमण्डपमा आयोजित तेस्रो नेपाल पावर, लाईट एण्ड इलेक्ट्रिक अन्तराष्ट्रिय प्रदर्शनी सम्पन्न भएको छ ।
अपेक्षाअनुसार नै आईतवार सफलतापूर्वक सम्पन्न भएको मेला आयोजक संस्था मिडिया स्पेश सोलुशन प्रा.लि.ले जानकारी दिएको हो । करिव २५ देखि ३० हजारले मेला अवलोकन गर्ने गरिएको अपेक्षा पनि पूरा भएको सो संस्थाका प्रवन्ध निर्देशक सिर्जल भट्टराईले जानकारी दिनुभयो । प्रर्दशनीमा नेपाली ग्राहकहरुले आफ्नो इच्छा अनुसारको सामग्री कहाँबाट पाईन्छ भन्ने कुराको पनि जानकारी पाएको बताइएको छ । प्रवन्ध निर्देशक भट्टराईले प्रदर्शनी सफलतापूर्वक सम्पन्न भएको र चौथो संस्करणमा नविकरणीय ऊर्जा र विद्युतीय यातायातका सामग्रीहरुलाई समावेश गर्ने योजना तय गरिएको पनि बताउनु भयो । 

उहाँले भन्नुभयो,‘हिजो साँझसम्म करिव १८ हजार जनाले अवलोकन गर्नुभएको थियो । हामीले जुन अपेक्षा राखेका थियौं २५ देखि ३० हजारसम्मले अवलोकन गर्नेछन् भनेर । त्यो चाहीँ पूरा भएको छ । यो प्रदर्शनी हामीले सोचेजस्तै सक्सेसफुल हुन गयो । नविरकरणीय ऊर्जालाई पनि समावेश गरेर चौथो संस्करण आयोजना गर्नेछौं ।’


एकै छानामुनि अत्याधुनिक एवं नविनतम प्रविधिका ट्रान्समिसन तथा डिस्ट्रिव्युसन सामग्री, ऊर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङहरुबारे जानकारी पाउन मेला महत्वपूर्ण भएको अवलोकन कर्ताहरुले बताएका थिए । प्रदर्शनीमा विभिन्न १५० भन्दा बढी कम्पनीहरुका सामानहरुको बारेमा जानकारी लिन सकिने व्यवस्था गरिएको थियो ।

–न्युज एजेन्सी नेपाल


काठमाडौं

सोमवार, असार ९, २०८२

२४.५८°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

सुनचाँदी, रत्न आभूषण व्यवसायीहरुको मर्काबारे अध्ययन गर्न उपसमिति बनाऔँः...

सरसफाइलाई राष्ट्रिय प्राथमिकतामा राख्न सबै राजनीतिक दलहरूले प्रतिवद्धता जाहेर...

ऊर्जा मानव जीवनको लागि अक्सिजन सरहः ऊर्जामन्त्री खड्का

अपराधी गिरोहसँग सरकारको साँठगाँठ रहेको रास्वपा सांसद नेपालीको आरोप

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

फिल्म ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक

हिन्दी गीतको भिडियोमा टिकटक स्टार एआरके र सदीक्षा थापा...

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ

आश्रम गुरुङ र रुपी सिङ्जाली मगरको स्वरमा “खाडी छिर्ने...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन