fbpx

लैंगिक हिंसा एवं लागुऔषध दुर्व्यसन विरुद्ध को प्रभातफेरी र सचेतनामुलक कार्यक्रम सम्पन्न

author

समाचारपाटी

१0 महिना अगाडि

पोखरा । नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेश, पोखराको आयोजनामा लैंगिक हिंसा एवं लागुऔषध दुर्व्यसन विरुद्दको प्रभातफेरी र सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ। माननीय उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यतामा सञ्चालन भएको उक्त कार्यक्रममा लैंगिक हिंसा तथा लागुऔषध दुर्व्यसनि विरुद्धको पर्चा, पम्पलेट,व्यानर, भजन, बाजा र झाँकी सहित विभिन्न विद्यालय, आमा समुह, युवा क्लव तथा अन्य सरोकारवाला निकायहरुले पोखराको मानव अधिकार
चोकदेखि प्रभातफेरी कार्यक्रम गरेका थिए ।

उक्त प्रबात फेरी कार्यक्रम पोखरा ४,कुमुदिनिहोम्स बोर्डिङ स्कुलको सभाहलमा प्रवेश गरी औपचारिक कार्यक्रमा परिवर्तन भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले लैंगिक हिंसा र लागू ओैषध सामाजिक समस्याको रुपमा रहिरहेको र यसलाई निर्मुल पार्न आफू गम्भिर रुपमा लागि परिरहेको बताउनुभयो ।

समाजबाट लागुऔषध निस्तेज पार्ने प्रमुख उपाय भनेको लागुऔषधको असर र समस्या सम्बन्धी शिक्षा प्रदान गर्नु हो जुन नेपाल प्रहरीले निरन्तर गरिरहेको छ तर कानुनको बर्खिलाप गरी लागुऔषधको दुरुपयोग गर्ने र समाजमा अराजकता पैदा गरी अन्य हिंसा निम्त्याउनेलाई बिना हिचकिचावट कानुनी कारबाही गर्न समेत श्रेष्ठले निर्देशन गर्नुभयो । यस संगै उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठले नेपाल प्रहरी श्रीमती संघले देशभर गरेका सचेतनामुलक कार्यक्रमहरु अत्यन्तै प्रभावकारी रहेको बताउनु भएको थियो ।

उक्त प्रभातफेरी तथा सचेतनामुलक कार्यक्रममा माननीय गण्डकी प्रदेश सरकार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेज्यू, सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडाज्यूको विशिष्ट आतिथ्यता तथा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरज्यू, नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी कुँवरज्यू, सशस्त्र प्रहरी बल नेपालका प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालज्यू र गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बिकासराज खनालको विशेष आतिथ्तता रहेको थियो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक श्रवण कुमार बिकले कास्कीमा लागुऔषध दुर्व्यसनि तथा लैंगिक हिंसाको तथ्याङक प्रस्तुत गर्नु भएको थियो भने पोखरा थियटरको तर्फबाट जनचेतनामुलक नाटक, राष्ट्रिय प्रज्ञा
प्रतिष्ठान पोखराको तर्फ बाट जनचेतनामुलक सारङ्गीको गित ,र बिभिन्न नृत्यहरु प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी केन्द्रिय अध्यक्ष लक्ष्मी कुवरको कार्यक्रमको उद्देश्य बारे प्रकाश पार्नुभएको थियो भने नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेश,अध्यक्ष कमला खनालले उपस्थित सम्पुर्णमा धन्यबाद व्यक्त गर्नुभएको थियो ।


काठमाडौं

बुधबार, मंसिर १९, २०८१

१५.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

धरानका मेयर हर्क साम्पाङ कीर्तिपुरमा स्वतन्त्र उम्मेदवारका लागि भोट...

प्रधानमन्त्रीभन्दा अगाडि परराष्ट्रमन्त्री आरजु चीन जाने

हिरासतबाट दुर्गा प्रसाईंले लेखे पत्र

बीआरआई अन्तर्गत चीनसँग ऋण सहायता लिनुहुँदैनः काँग्रेस प्रवक्ता महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन