समाजमा नकारात्मक असर पार्ने दृश्यहरु प्रत्यक्ष प्रशारण नगरौंः नेपाल प्रहरी

author

समाचारपाटी

१ year अगाडि

नेपाल प्रहरीले समाजमा नकारात्मक असर पार्ने सामग्रीहरुको प्रकाशन तथा प्रशारण नगर्न आम सञ्चार माध्यामहरुलाई आग्रह गरेको छ ।


नेपाल प्रहरीको अपराध अनुसन्धान विभागले आईतवार काठमाडौंमा अपराधिक घटनाको समाचार संप्रेषण सम्बन्धमा अन्तरक्रिया कार्यक्रम आयोजना गरी समाजमा नकारात्मक असर पार्ने विभत्स दृश्यहरु भ्युज बढाउने नाममा सामाजिक सञ्जालमा प्रत्यक्ष प्रशारण नगर्न पनि सचेत गराएको छ । कार्यक्रममा बोल्दै विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङले न्युनतम मानवीय संवेदनशीलतालाई ख्याल राखेर विभत्स दृश्य लगायतका समाजमा नकारात्मक असर पार्ने कुराहरु जथाभावी प्रकाशन तथा प्रशारण नगर्न सचेत गराउनु भयो । उहाँले पक्राउ पर्ने बित्तिकै अपराधी भनेर करार गर्ने काम नगर्न पनि सञ्चार माध्यामहरुको ध्यानाकर्षण गराउनु भयो । प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले समाजमा नकारात्मक भावनाको विकास गराउने सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई कडा निगरानीमा राखी कारबाही गर्ने कामलाई नेपाल प्रहरीले उच्च प्राथमिकतामा राखेको बताउनु भयो । 
उहाँले भन्नुभयो, हाम्रो प्रहरीको त कति कमजोरी छन् । तर मिडियामा पनि जानेर वा नजानेर टयाक्क पक्राउ पर्ने बित्तिकै अपराधी भन्ने शब्द प्रयोग हुन्थ्यो । यस्तो स्थापित मिडियाबाट होइन । तर एफएमहरुमा जुन चाहीँ हामीले संदिग्ध अथवा अभियुक्त यस्तै भनेर प्रयोग गर्छौं । पहिलापहिला जस्तो हामीले पनि गर्यौं कि प्रेस मिट गर्दाखेरी दायाबायाँ हतियारधारी पूरा राखेर अभियुक्तलाई सार्वजनिक गरिन्थ्यो । त्यो यसो हेर्दाखेरी त्यति राम्रो देखिदो रहेनछ । अनि, त्यसलाई हामीले करेक्शन गरेका छौं । हामीले म यहीँ आएपछि पनि ३÷४ जनालाई हामीले कारबाही गर्यौं । त्यो हामीले दुई, ३ पटक परिपत्र ग¥र्यौ । र, पनि कहीँ त्यस्तो देखियो भने अहिले त्यो कमी भएको छ । यस्तै कुराहरु कतिपय भाषागत कुराहरु, अब कतिपय चाहीँ रेपका कुराहरु, जो अहिले कमी भएको छ । घटनाका कमी होइन, त्यसलाई उच्च प्राथमिकता नदिँदा नै राम्रो हुँदो रहेछ भन्ने देखिन्छ । र त्यस्तै सुसाईटको कुरा पनि । यसले समाजमा त्यो चाहीँ एक किसिमको यसको साईकोलोजिकल प्रभाव पनि हुँदो हो । त्यसैले यसलाई पनि एउटा सामान्य कर्नरमा राखिदियो भने राम्रो होला जस्तो लाग्छ । जुन मिडियाबाट त्यो भईपनि राखेको छ । त्यस्तै गरेर विभत्स दृश्य । अब कुनै ठाउँमा दुर्घटना हुन पाएको हुँदैन, त्यहाँ चाँही मेरो लाईक र लाईभ्समा कति भ्युज आउँछ भनेर चाँही घुमाईराखेका हुन्छौ । त्यहाँ उद्धार हुनतिर लागेका हुँदैनौं । न्युनतम मानवीय संवेदनाका कुराहरु पनि हामी कहाँ छौ भन्ने देखिन्छ त्यसैले । यो कुरा दुर्घटनाको कुरा चाहीँ जस्ताको तस्तै आउने कुराहरु, लाईभ गर्ने कुराहरु चाहीँ नआईदिए हुन्थ्यो भन्ने हामी ल इन्फोर्समेन्ट एजेन्सीको अपेक्षा हुँदो रहेछ । यो कुरा चाहीँ सर्वसाधरणमा पनि जाओस् भनेर भनिएको हो । किनकी यस्ता कुराहरु विभत्स दृश्यहरुले गर्दाखेरी मान्छेमा, समाजमा एकदम नकारात्मक असर पर्छ । यस्ता कुराहरु आम सञ्चारबाट गईदियो भने सुसुचित हुन्छन् भन्ने हाम्रो अपेक्षा हो । 


प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले समाजमा नकारात्मक असर पुर्याउने खालका समाचार प्रशारण गर्न उपयुक्त नहुने तर्क समेत गर्नुभयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

आइतवार, असार १, २०८२

२३.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

लुटतन्त्रको रक्षाका लागि सरकार र माओवादी मिलेः राजेन्द्र लिङदेन

राजनीतिक नेतृत्व रोमको राजाझैं आफैँमा मस्त छः सांसद मदनकुमारी...

प्रधानमन्त्रीको भ्रष्टाचारविरोधी भनाइ व्यवहारमा देखिएनः सांसद डा. शेखर कोईराला

शिक्षकहरुको तलव बढाउन पहल गर्छुः शेरबहादुर देउवा

विचार/विविधा

थप देखाउनुहोस्
विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ

आश्रम गुरुङ र रुपी सिङ्जाली मगरको स्वरमा “खाडी छिर्ने...

गायिका सुनिता ठगिमको स्वर रहेको गीत ‘जाली रुमाल’ सार्वजनिक

देउडा फ्युजनकी रानी लक्ष्मीले प्रतापसँग गाइन् ‘नौली हदेली’ लक्ष्मी...