‘नेपालमा लागुऔषध कारोबारमा महिलाहरु बढी प्रयोग हुने गरेका छन्’:- नेपाल प्रहरी

author

समाचारपाटी

१ year अगाडि

नेपालमा लागुऔषध कारोबारमा महिलाहरु बढी प्रयोग हुने गरेको पाइएको छ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले सो कारोबारमा महिलाहरु बढी प्रयोग हुने गरेको अनुसन्धानको क्रममा खुल्न आएको जनाएको हो । नेपाल बार एशोसिएशन, महिला समितिले बुधवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै ब्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक गोविन्द थपलियाले महिलाहरुले त्यस्तो काम गर्दैनन् भन्ने विश्वासको आधारमा पनि उनीहरुलाई सो कारोबारमा बढी प्रयोग गरेको पाइएको बताउनु भयो । उहाँले नेपालमा लागुऔषध प्रयोगकर्ताहरु बढ्नुमा आर्थिक समस्या नै मुल कारण भएको बताउनु भयो । साथीभाईको संगतले पनि त्यसमा नाबालक, नाबालिकाहरु यसमा संलग्न हुने गरेको ब्युरोको निष्कर्ष छ । 

ब्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक थपलियाले भन्नुभयो, ‘यो ड्रग्स कारोबारमा चाँही महिलाहरुलाई बढी प्रयोग गरेको देखिन्छ । किनभने महिलाहरु धेरै कुरामा के, कसो भने सोधीखोजी नगर्ने एउटा यो कुरा । अर्को, महिलाहरुले यस्तो काम गर्दैनन् भनेर मानिसहरुले विश्वास पनि गर्ने । त्यो भएको कारणले महिलाहरु यसमा बढी प्रयोग हुने गरेका छन् । २०७६ सालमा लागुपदार्थ प्रयोगकर्ताको संख्या १ लाख ३० हजार छ । यसमा महिलाको संख्या ८ हजार ७ सय छ । पुरुषको एक लाख २१ हजार छ । यसमा महिलाहरु बाहिर एक्सपोज कम हुन्छन् ।’

नेपालमा २०७६ सालको तथ्यांकअनुसार लागुऔषध प्रयोगकर्ताको संख्या १ लाख ३० हजार पुगेको छ । जसमा महिला संख्या ८ हजार ७ सय रहेको छ । महिलाहरु एक्सपोज हुन नचाहने भएकाले पनि उनीहरुको तथ्यांक कम देखिएको हुनसक्ने प्रहरीको बुझाई छ । 


काठमाडौं

मङ्लबार, जेष्ठ ७, २०८२

१७.४३°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः सांसद...

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

लोकतन्त्र र व्यवस्था विरोधी गलत सामग्री रोक्न दूरसञ्चार सेवा...

सरकारले वातावरण बनाइदिए दश वर्षमा मुलुकको कायापलट हुन्छः उमेश...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘के घर के डेरा : घर नं २’:...

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन