fbpx

‘नेपाल प्याक प्रिन्ट इन्टरनेशनल एक्स्पो’ काठमाडौंमा शुरु

author

समाचारपाटी

१ महिना अगाडि

प्रविधिको क्षेत्रमा काम गर्ने कम्पनीहरुको मेला ‘नेपाल प्याक प्रिन्ट इन्टरनेशनल एक्स्पो’काठमाडौंको भृकुटीमण्डपमा शुक्रवारदेखि शुरु भएको छ ।


एक्सपोको उद्घाटन शुक्रवार एक समारोहकाबीच वागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनल गर्नुभएको हो । तीन दिनसम्म चल्ने एक्सपोको आईतवार सकिने आयोजक संस्था मिडिया स्पेस सोलुसन्स प्रा.लि.का प्रवन्ध निर्देशक सिर्जल भट्टराईले बताउनु भयो । उहाँले प्रविधिको क्षेत्रमा काम गरिरहेका विदेशी कम्पनीहरुलाई नेपाल भित्र्याउने उद्देश्यले एक्सपोको आयोजना गरेको बताउनु भयो । एक्सपोमा प्रविधिको क्षेत्रमा काम गर्दै आएका नेपालसहित, भारत र चीनका १०० भन्दा बढी कम्पनीहरुको सहभागिता रहेको बताउनु भयो । उहाँले प्रविधिको क्षेत्रमा काम गर्ने कम्पनीहरुको यो सबैभन्दा ठूलो मेला रहेकोले लाभ उठाउन सबौ आग्रह समेत गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘हाम्रो यो तीन दिनको प्रदर्शनीमा कम्तिमा पनि १०० कम्पनीहरुको सहभागिता रहेको छ । मुख्यगरी प्रदर्शनमा प्रविधिसम्बन्धी कम्पनीहरुको सहभागि रहेको छ । प्रविधिको क्षेत्रमा काम गरिरहेका कम्पनीहरुलाई नेपाल भित्र्याउनु यस एक्सपोको उद्देश्य रहेको छ । यसमा नेपालसहित भारत र चीनका प्राविधिक कपनीहरुको सहभागिता रहेको छ । साथै यस कार्यक्रममा हामीले नेपाल मुद्रण उद्योग महासंघलाई सहयोगि संस्थाको रुपमा लिएका छौं । यस तीन दिनको प्रदर्शनीमा हामीले यस क्षेत्रमा काम गरिरहेका कम्पनीहरुलाई नयाँ नयाँ प्रविधिको बारेमा जानकारी गराउने र नेपालबाहिर प्रयोग भएका प्रविधिहरुको प्रयोग गर्नेबारे जानकारी गराउने उद्देश्य रहेको छ । यो एक्सपो हाम्रो नेपालमै आयोजना भएको कारण नागरिकले यसको लाभ उठाउनुहुनेछ भन्ने अपेक्षा लिएका छौं ।’


त्यस्तै आजदेखि नै भृकुटीमण्डपमा चौथो नेपाल फर्मा एण्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी तथा नेपाल हस्पिटल, सर्जिकल तथा मेडिकल अन्तर्राष्ट्रिय प्रदर्शनी समेत शुरु भएको छ ।  
मिडिया स्पेस सोलुसन्स (एम.एस.एस.), फ्युचरेक्स ट्रेड फेयर्स एण्ड इभेन्ट्स प्रा. लि. तथा एक्जिबिसन एण्ड ट्रेड सर्भिसेस इन्डिया प्रा. लि. (इ.टि.एस.आइ.पि.एल.) को संयोजकत्वमा आइतवारसम्म चल्ने मेलामा औषधोपचार, स्वास्थोपचार तथा फार्मेसीसँग सम्बन्धित सेवाहरु लिन सकिने बताइएको छ । प्रदर्शनीमा स्वदेशी तथा विदेशी गरी ८० भन्दा बढी नेपाली तथा विदेशी कम्पनीहरुको स्टल रहेको मिडिया स्पेस सोलुसन्स प्रा.लि.का प्रवन्ध निर्देशक सिर्जल भट्टराईले बताउनु भयो । नेपालका विभिन्न फर्मा र हेल्थकेयर उद्योगलाई जोड्न, सम्बन्ध निर्माण गर्न र व्यापार अवसरहरू बढाउनका लागि प्रदर्शनीले महत्वपूर्ण भुमिका निर्वाह उहाँको विश्वास छ ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

शनिबार, माघ १२, २०८१

११.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन