fbpx

प्रविधिमा आधारित कम्पनीहरुको मेला ‘नेपाल प्याक प्रिन्ट इन्टरनेशन एक्स्पो’ सम्पन्नः २८ हजारले गरे अवलोकन

author

समाचारपाटी

१ महिना अगाडि

प्रविधिको क्षेत्रमा काम गर्ने कम्पनीहरुको मेला ‘नेपाल प्याक प्रिन्ट इन्टरनेशन एक्स्पो’ आईतवार सम्पन्न भएको छ । 
गत शुक्रवारदेखि काठमाडौंको भृकुटिमण्डमा आयोजना गरिएको प्रविधि प्रदर्शनीमा २८ हजार मानिसहरुले अवलोकन गरेको आयोजकले जनाएको छ  । प्रदर्शनीले नेपालमै बसेर प्रविधिको क्षेत्रमा काम गर्दै आउनुभएका कम्पनी र मानिसहरुलाई थप प्रोत्साहित गरेको आयोजक संस्था मिडिया स्पेस सोलुसन्स प्रा.लि.का प्रवन्ध निर्देशक सिर्जल भट्टराईले बताउनु भयो । उहाँले प्रदर्शनीमा सहभागि हुन आएका विदेशी कम्पनीहरुबाट समेत सकारात्मक प्रतिक्रिया पाएको बताउनु भयो । उहाँका अनुसार प्रदर्शनीलाई इमिर्जङ मार्केटका रुपमा लिनुभएका विदेशी प्राविधिक कम्पनीहरु नेपालमै प्रविधिको क्षेत्रमा लगानी गर्न समेत उत्साहित भएका छन् । उक्त प्रदर्शनीले नेपालको अर्थतन्त्र उकास्नका लागि समेत सहयोग पुग्ने उहाँको विश्वास छ । 

उहाँले भन्नुभयो, ‘हाम्रो प्रदर्शनीलाई करिब २८ हजार जनाले अवलोकन गर्नुभएको छ । यो अवलोकन गर्नेहरुमा पनि धेरै मान्छेहरु उद्यमी, व्यवसायी र प्रविधिको क्षेत्रमा काम गर्ने मान्छेहरु रहनु भएको छ । यहाँ हामीले नेपाल, भारत लगायतका देशहरुबाट आउनु भएका यही क्षेत्रम काम गर्ने चीन, भारत लगायतका कम्पनीहरुको प्रतिक्रिया पनि लिएका थियौं । उहाँहरुले पनि यसलाई ईमर्जिङ मार्केटको रुपमा लिएर यसको माध्यमबाट नेपाली मार्केटमा कनेक्ट गर्न सजिलो भयो । हामीले आफ्नो कम्पनीहरुको प्रचार गर्न पाएको र अगामि वर्षहरुमा हुने प्रदर्शनीमा समेत सहभागि हुने भन्नुभएको छ । उहाँहरुले नेपालमा रोजगारीका थप अवसरहरु सिर्जना हुने पनि विश्वास गर्नु भएको छ । विश्वका विभिन्न नयाँ नयाँ प्रविधिहरुको नेपालमै अवलोकन गर्न पाउँदा देशभित्रै प्रविधिको क्षेत्रमा काम गर्ने साथिहरु खुसिका साथै उत्साहित पनि भएका छन् । यस प्रदर्शनीले नेपालको अर्थतन्त्र उकास्नका लागि पनि सहयोग गरेको उहाँहरुको प्रतिक्रिया छ । यो प्रदर्शनमा तीनदिन सम्म आएर भ्रमण गर्नुहुने सबै जनालाई आयोजकको तर्फबाट धन्यावाद भन्न चाहान्छु ।’


उहाँले यस्ता मेलाहरुले स्वदेशमै रोजगारी सिर्जना गर्न मद्दत पुग्ने र विदेश जानुपर्ने बाध्यता हटाउने बताउनु भयो । उहाँले मेला नयाँ नयाँ प्रविधिहरुसँग जोड्ने र नेपालमै बसेर आर्थिक पक्ष सबल बनाउन महत्वपूर्ण हुने बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

बिहिबार, माघ १०, २०८१

७.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक