fbpx

पेट्रोलियम ढुवानी गर्ने ट्यांकरको भाडा वृद्धि

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । नेपाल आयल निगमले वार्षिक ८० करोड व्ययभार थपिने गरि पेट्रोलियम ढुवानी गर्ने ट्यांकरको भाडा वृद्धि गरेको छ ।

शुक्रबारदेखि लागू हुने गरि इन्धन ढुवानी गर्ने करिब १९ सय ट्यांकरको भाडाँ वृद्धि गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्ययले बताउनुभयाे ।

दुई वर्षअघि निगमले गरेको भाडाँ समायोजन सम्बन्धी अध्ययनमा १० प्रतिशतसम्म भाडाँ बढ्दा निगमलाई ८० करोड हाराहारी व्ययभार थपिने निष्कर्ष निकालिएको थियो ।

सञ्चालक समितिले कात्तिक २७ मा गरेको निर्णयअनुसार निगमले १ पुसमा भाडाँ वृद्धि कार्यान्वयन गरेको प्रवक्ता उपाध्यायले बताउनुभयाे । उहाँका अनुसार ढुवानी भाडाँ कम्तीमा पाँचदेखि १० प्रतिशत सम्मले बढेको छ ।

देशभरका आन्तरिक र बाह्य गरेर ३६ वटा गन्तव्यमा इन्धन ढुवानी गर्ने ट्यांकरले बढेको भाडाँ निगमबाट पाउँछन् । स्थानीय १५ किलोमिटरसम्म न्युनतम ३८२ रुपैयाँ १८ पैसाले भाडाँ बढ्दा अधिकतम् वीरगन्जदेखि थानकोट र सिनामंगलस्थित डिपोसम्मको ढुवानी भाडाँ क्रमश ६ हजार ६ ३० रुपैयाँ २० पैसा र ६ हजार ६९० रुपैयाँ ५५ पैसाले बढीको छ ।

‘देशैभरको इन्धन ढुवानी ट्यांकरको भाडा वृद्धि भएको छ, निगम सञ्चालक समितिले २७ कात्तिकमा गरेको निर्णय नयाँ मूल्य प्राप्तिपछि कार्यान्वयनमा ल्याइएको हो,’ उहाँले भन्नुभयाे, ‘लामो समयदेखि व्यवसायीले यो माग गर्दै आएका थिए ।’

सञ्चालन घाटा देखाउँदै उपभोक्तालाई चर्को मूल्य असुलेको निगमले व्यवसायी पोस्नेगरि ढुवानी भाडा वृद्धि गरेको भन्दै आलोचना सुरु भएको छ ।

source:-onlinekhabar


काठमाडौं

आइतवार, माघ २७, २०८१

१९.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

माधव नेपालको आरोपः ओली दुनियाँलाई ठग्न प्रधानमन्त्री भएका हुन्

कानून कार्यान्वयनको ढिलासुस्तीलाई हटाउन अध्यादेश ल्यायौँः प्रधानमन्त्री ओली

सरकारले नीतिगत र कानूनी सुधारमा काम गरिरहेको छः गृहमन्त्री...

किमाथाङ्का अरुण र मुगु कर्णाली जलविद्युत आयोजनाको शेयर विक्रीमा...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

एलिना चौहानद्धारा सम्बन्धविच्छेदको मुद्दा दायर