नेपाल आयल निगमले हवाई इन्धन डिपो सिनामंगललाई स्थानान्तरण गर्न विस्तृत परियोजना अध्ययन (डिपीआर) को लागि इन्जिनियरिङ अध्ययन संस्थान कन्सल्टेन्सी सेवा पुल्चोकलाई दिएको छ ।
बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै निगमले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित रहेको हवाई इन्धन डिपो सिनामंगललाई स्थानान्तरण गर्नको लागि डिपीआर गर्न इन्जिनियरिङ अध्ययन संस्थान कन्सल्टेन्सी सेवा पुल्चोकलाई औपचारिक रुपमा हस्तान्तरण गरेको हो । डिपीआर सम्झौता पत्रमा इन्जिनियरिङ अध्ययन संस्थान कन्सल्टेन्सी सेवा पुल्चोकको तर्फबाट सहप्रध्यापक नारायणप्रसाद गौतम र हवाई इन्धन डिपो सिनामंगलको तर्फबाट प्रदीप यादवले हस्ताक्षर गर्नुभएको छ । पत्रकार सम्मेलनमा बोल्दै हवाई इन्धन डिपो सिनामंगलका प्रमुख प्रदीप यादवले एपीआईको मान्यताअनुसारको सुरक्षित नभएको,इन्धन भण्डार क्षमता कम र हवाई सुरक्षा मापदण्डभित्र रहेकाले डिपो सार्न लागिएको बताउनु भयो । उहाँले पछिल्लो समय हवाई इन्धनको माग उच्च भएको बताउनु भयो । उहाँले अन्य समयमा ४ लाख लिटर मात्रै हुने गरेको इन्धन यो वर्षको दशैँमा ९ लाख लिटर हवाई इन्धन खपत भएको बताउनु भयो । उहाँले हवाई डिपोको ७६ लाख लिटरको क्षमता मात्रै रहेको बताउनु भयो । उहाँले हवाई डिपो विमान दुर्घटना हुँदा पनि सुरक्षित नरहेकाले सार्न लागेको बताउनु भयो । उहाँले हवाई डिपोको लागि नागरिक उड्डयन प्राधिकरणले आयल निगमसँग नसोधी जर्मन कम्पनीसँग गुह्येश्वरीमा अध्ययन गरी ६ अर्ब रुपैयाँ दिएको बताउनु भयो । उहाँले सरकारले निर्देशन र निर्णयअनुसार डिपीआर बनाएर काम अगाडि बढाएको बताउनु भयो । उहाँले इन्जिनियरिङ अध्ययन संस्थान कन्सल्टेन्सी सेवा पुल्चोकले डिपो बनाउन डिजाइन गरेर दिने बताउनु भयो । उहाँले डिजाइन आएपछि डिपो बनाउन निगमले सार्वजनिक खरिद ऐनअनुसार निगम अगाडि बढ्ने उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो,‘एपीआईको मान्यता अनुसारको सुरक्षित नभएको,पछिल्लो समय हवाई इन्धनको माग उच्च भएको छ । यो वर्षको दशैंमा ९ लाख लिटर हवाई इन्धन खपत भयो । अन्य समयमा ४ लाख लिटर मात्रै हुने गरेको थियो । हवाई डिपोको ७६ लाख लिटरको क्षमता छ । हवाई यात्रा वृद्धि भइरहेको छ तर हवाई इन्धन डिपो ५० वर्ष पहिलाकै डिजाइनको रहेको छ । स्टोरेज कम भएको छ । ट्याक्सीवेय ९० मिटरमा मात्रै छ । हवाई डिपो सुरक्षा मापदण्ड भन्दा बाहिर रहेकाले स्थान्तरण गर्नुपर्ने अवस्था आएको छ । हवाई डिपो विमान दुर्घटना हुँदा पनि सुरक्षित हुनुपर्छ । नागरिक उड्डयन प्राधिकरणले आयल निगमसँग नसोधी जर्मन कम्पनीसँग गुह्येश्वरीमा अध्ययन गरी ६ अर्ब रुपैयाँ डिजाइन दिएको छ । सरकारले निर्देशन र निर्णयअनुसार डिपीआर बनाएर काम अगाडि बनाएका छौं । इन्जिनियरिङ अध्ययन संस्थान कन्सल्टेन्सी सेवा पुल्चोकले डिपो बनाउन डिजाइन गरेर दिनेछ । सार्वजनिक खरिद ऐनअनुसार निगम अगाडि बढ्छ ।’
इन्जिनियरिङ अध्ययन संस्थान कन्सल्टेन्सी सेवा पुल्चोकका सहप्रध्यापक नारायणप्रसाद गौतमले हवाई इन्धन डिपो सिनामंगललाई स्थानन्तरण गर्नको लागि एपीआईको स्ट्याण्डरअनुसार गुणस्तरिय डिपीआर बनाउने प्रतिवद्धता जनाउनु भयो । उहाँले नेपालमा पहिलो पटक अटोमेसनबाट डिपो सञ्चालन हुनेगरी डिजाइन बनाउने सोच रहेको र त्यहीअनुसार सम्झौता गरिएको बताउनु भयो । उहाँले इन्जिनियरिङ अध्ययन संस्थान कन्सल्टेन्सी सेवा पुल्चोकले गौरवका आयोजनाहरुको पनि डिजाइन गरिसकेको बताउनु भयो । उहाँले मुलपानी क्रिकेट स्टेडियमको डिजाइन अन्तिम चरणमा पुर्याएर पेस गरिसकेको बताउनु भयो । उहाँले विगतमा विल्डिङ बनाउँदै गएपनि अब नयाँ कामहरु गरिरहेको बताउनु भयो । उहाँले आयल निगममा धेरै आयोजनाहरुमा कन्सल्टेन्सी सेवा पुल्चोकले काम गरिहेको पनि बताउनु भयो ।
उहाँले भन्नुभयो,‘इन्जिनियरिङ अध्ययन संस्थान कन्सल्टेन्सी सेवा पुल्चोकले गौरवका आयोजनाहरुको पनि डिजाइन गरिसकेको छ । मुलपानी क्रिकेट स्टुडियमको डिजाइन अन्तिम चरणमा पु¥याएर पेस गरिसकेका छौं । विराटनगरमा पनि क्रिकेट स्टुडियमको डिजाइन गरेर पेस गरेका छौं । विगतमा विल्डिङ बनाउँदै गएका थियौं भने अहिले नयाँ कामहरु गरिरहेका छौं । आयल निगममा धेरै आयोजनाहरुमा कन्सल्टेन्सी सेवा पुल्चोकले काम गरिहेको छ । हवाई इन्धन डिपो सिनामंगललाई स्थानन्तरण गर्नको लागि एपीआईको स्ट्याण्डरअनुसार गुणस्तरिय डिपीआर तयार बनाउँछौं । नेपालमा पहिलो पटक अटोमेसनबाट डिपो सञ्चालन हुने गरी डिजाइन बनाउने सोच बनाएका छौं । त्यहीअनुसार सम्झौता गरेका छौं ।’
सिनामंगलको घना बस्तीबीच अति जोखिम अवस्थामा रहेको हवाई इन्धन डिपो सारिने भएको छ । ५० वर्षअघि निर्माण भएको यो डिपो जोखिमका दृष्टिकोणले अनुपयुक्तका साथै विमानस्थल विस्तारको क्रममा ‘ट्याक्सी वे’ र ‘ट्याक्सी वे स्ट्रिप’ को निर्माणसमेत हुन लागेकाले सार्न लागिएको निगमले जनाएको छ । तत्कालीन समयमा निर्माण भएको यो डिपोले अहिलेको विश्वस्तरीय सुरक्षाको मापदण्ड र सुविधा दिन न सकेकाले अहिलेको मापदण्ड अनुसार नयाँ स्थानमा सारेर अत्याधुनिक सुविधासहित निर्माण गर्न लागिएको हो। डीपीआर गर्नको लागि ६ महिनाको समय तोकिएको छ । निगमको सञ्चालक समितिले डीपीआर गर्न र डीपीआर गर्न लाग्ने खर्च १ करोड ९८ लाख रुपैयाँ विनियोजनसहित निर्णय गरेपछि डिपो सार्ने विषयअघि बढेको हो । डीपीआर तयार भएपछि निगमले उक्त प्रतिवेदन स्वीकृत गरेपछि निर्माण प्रक्रिया अघि बढ्ने छ ।
—न्युज एजेन्सी नेपाल