fbpx

इन्धनको खुद्रा बिक्री मूल्य हाललाई यथावत राख्ने आयल निगमकाे निर्णय

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । नेपाल आयल निगमले इन्धनको खुद्रा बिक्री मूल्य हाललाई यथावत राख्ने निर्णय गरेको छ । मंगलबार साँझ बसेको निगम व्यवस्थापनको बैठकले निगम सञ्चित नोक्सानी र ऋणमा रहेकाले इन्धनको खुद्रा मूल्य यथावत राख्ने निर्णय गरेको हो ।

सोमबार भारतीय आयल कर्पोरेसनबाट निगमलाई पेट्रोलको मूल्य बढेर र डिजेलको मूल्य घटेर प्राप्त भएको थियो । नयाँ मूल्य सूचीअनुसार डिजेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ ७० पैसा घटेर आएको थियो भने पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ ५१ पैसा बढेर आएको थियो ।

निगमकाअनुसार कम्पनी अझै १७ अर्ब ३० करोड रुपैयाँ ऋणमा छ । ‘भारतीय आयल कर्पोरेसनको बक्यौता ११ अर्ब र सरकारी ऋण ७ अर्बको सावाँ र ब्याजको दायित्वमा निगम छ,’ निगमले भनेको छ, ‘उतार चढावपूर्ण अन्तर्राष्ट्रिय बजारको तेलको मूल्यका कारण पनि हाललाई खुद्रा बिक्री मूल्यलाई यथावत राखिएको छ ।’

हाल पेट्रोल प्रतिलिटरमा १७५ रुपैयाँ, डिजेल र मटितेल १७२ रुपैयाँ लिटर खुद्रा मूल्यमा बिक्री भइरहेको छ । यस्तै खाना पकाउने ग्यासको एक सिलिण्डरको मूल्य १ हजार ८ सय रुपैयाँ छ ।


काठमाडौं

बिहिबार, माघ २४, २०८१

१७.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कांग्रेस संसदीय दलको बैठक जारी

संसद्को आजको बैठकमा सबै अध्यादेश निर्णयार्थ पेश हुने

चितवनमा रवि लामिछानेसहित १५ जनाविरुद्ध मुद्दा दर्ता गरियो

माओवादी केन्द्रले हुलाकी राजमार्गकेन्द्रित अभियान सुरु गर्ने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

एलिना चौहानद्धारा सम्बन्धविच्छेदको मुद्दा दायर

घान्द्रुकमा ‘द कोरस ब्याण्डको गीत विमोचन’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन