नेपाल नेटवर्क टेलिभिजन (NNTV) को औपचारिक शुभारम्भ

author

समाचारपाटी

२ years अगाडि

काठमाण्डौँ। नेपाली टेलिभिजनको दुनियाँमा एक नयाँ टेलिभिजन थपिएको छ। नेपाल नेटवर्क टेलिभिजन (NNTV) को आइतवार औपचारिक शुभारम्भ गरिएको छ। प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न औपचारिक कार्यक्रममा थुप्रै राजनीतिक दलका नेता,उद्योगी व्यवसायी,संचार प्रतिष्ठानका प्रमुखहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा पुर्व प्रधान मन्त्री माधव कुमार नेपाल,पुर्व मन्त्रीहरु प्रदीप ज्ञवाली,योगेश भट्टराइ,मोहन बस्नेत सांसदहरु रघु जी पन्त,रामहरी खतिवडा लगायत थुप्रै जना प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। डिएआर ग्रुपले संचलान गरेको टेलिभिजनको अध्यक्ष रमा दाहाल हुनुहुन्छ।

स्वस्ति वाचन बाट सुरु भएको कार्यक्रममा कुटुम्बले आफ्नो सांगीतिक प्रस्तुति दिएको थियो। कार्यक्रममा नेपाल नेटवर्क टेलिभिजन (NNTV) ले अबका दिनमा निरन्तर प्रशारण गर्ने कार्यक्रमहरुको पनी घोषणा गरेको छ। कार्यक्रममा बोल्दै प्रबन्ध निर्देशक श्याम धितालले जानकारी मुलक कार्यक्रमहरु लाइ मुख्य स्थान दिंदै रियालिटी शो संगै अन्य सूचना मुलक कार्यक्रमहरु गर्ने बताए। दर्शकहरुको रुची अनुसार कार्यक्रमहरु निर्माणमा जोड दिने धितालले बताउनुभयाे।

टेलिभिजनले मनोरन्जनात्मक संगै समाचार मुलक र जानकारी मुलक कार्यक्रमहरु प्रशारण गर्नेछ। टेलिभिजनमा वर्ल्ड टेलिभिजन प्रिमियर,टेली चलचित्र अड्डा कचहरी,सर्खारको सर, सिसा,नरिसाउनुस् है ,रियालिटी शो दोहोरी आइडल,ऐना,आम्मा कसम यहाँ दुख्छ, सेभेन डेज सुपर च्यालेन्ज र अन्य कार्यक्रमहरु आरोग्यम, जीवन मन्त्र,अटोमान्डू,सद्धर्म,एम क्युब, धरातल, मेडिकल, एकादेशमा र बाल बालिकाहरुको लागि बिसेष यिनी र मिनी लगाएतका थुप्रै कार्यक्रमहरु प्रशारण गरिने घोषणा समेत गरियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि सभामुख देवराज घिमिरेले मिडियामा भई रहेका आधुनिक प्रतिस्पर्धालाई उछिन्दै नेपाली समाजको आवश्यकतालाई पहिल्याउदै टेलिभिजनहरु अघि बढ्नु पर्ने बताउनुभयाे। नेपाल नेटवर्क टेलिभिजन(NNTV)को आइतवार औपचारिक शुभारम्भ कार्यक्रममा मेरा सरकार मेरा प्रतिनिधि नामक पुस्तक सार्वजनिक पनि गरिएको थियो।


काठमाडौं

शनिबार, जेष्ठ ११, २०८२

२०.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘हामी देश बनाउन नसक्ने होइनौं, हामी अल्मलिएका छौं’:-शेखर कोईराला

राप्रपा सांसद कार्कीको कटाक्षः काँग्रेस सांसदहरु प्रधानमन्त्री खोज्न जानुभयो...

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः सांसद...

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘के घर के डेरा : घर नं २’:...

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन