नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा आफ्नो प्यानल सहित रेजिना उप्रेतीको उम्मेदवारी

author

समाचारपाटी

७ दिन अगाडि

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको नयाँ कार्यसमितिको निर्वाचन यही ४ चैतमा हुँदैछ । अहिले सम्पूर्ण चलचित्र कलाकारहरुको ध्यान यही चुनावतर्फ केन्द्रित छ । यो निर्वाचनमा नायिका रेजिना उप्रेतीले अध्यक्षमा उम्मेदवारी दिनुभएकाे छ । बुधबार दिउँसो काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उहाँले आफ्नो समुहको उम्मेदवारहरुको नाम सार्वजनिक गर्नुभएकाे छ ।

रेजिनाको समुहमा अध्यक्षको उम्मेदवार उहाँ आफैं हुनुहुन्छ । यस्तै यो समुहको दुई उपाध्यक्ष उम्मेदवारमा शिबहरि नेपाल ‘बैरागी’ र सरिता गिरी रहनुभएकाे छ । यसैगरी महासचिवको उम्मेदवारमा पनाह अधिकारी, सचिवको उम्मेदवारमा जीवन थापा र कोषाध्यक्षको उम्मेदवारमा बिनोदकुमार भट्टराई रहनुभएकाे छ ।

यस्तै रेजिनाको समुहबाट कार्यसमिति सदस्यहरुको उम्मेदवारमा रञ्जना खड्का (खुस्बु खड्का), खिन्न भण्डारी (भोला) निर्मल स्याङतान (बुद्धिमान), नितु कोईराला गौतम, दिनेश अवाल, दिलबहादु दोङ (डिबी) इश्वर बल्लभ उप्रेती, भिमसेन बजगाईं, राजकुमार कार्की, लक्ष्मण चौलागाई (खिम्तेकाका), राजेश गोसाई रहनुभएकाे छ ।

कार्यक्रममा अग्रज कलाकारहरु मदनदाश श्रेष्ठ, नरेश पौड्याल, अभिनेता रमेश उप्रैती, निर्देशक नारायण पुरी, निर्देशक शोभित बस्नेत, अभिनेत्री पल्पसा डँगोल, गीता नेपाल, सम्राट सापकोटा, सिताराम पोखरेलसहित थुप्रै कलाकारहरुले रेजिनाको टिमलाई जिताउन कार्यक्रममा अपिल गर्नुभयाे ।

अढाई दशकदेखि आफु अभिनेत्रीको रुपमा नेपाली चलचित्र क्षेत्रमा कृयाशिल रहेको र संघमा दुई पटक उपाध्यक्ष भएर काम गरिसक्नु भएकाे कारण यसपटक अध्यक्षमा आफ्नो समुह सहित उम्मेदवारी दिएको अभिनेत्री रेजिना उप्रेतीले कार्यक्रममा बताउनुभयाे ।

आफ्नो समुहको चुनावी घोषणपत्र समेत उहाँले सो कार्यक्रममा सार्वजनिक गर्दै संघमा निर्वाचिन भएको दिनबाटै सुझाब पेटिका राखेर सोही अनुसार काम सुरु गर्ने बताउँदै उहाँले विभिन्न ११ शिर्षकमा करिब ३० वटा योजनाहरु सो कार्यक्रममा सार्वजनिक गर्नुभयाे । आफुहरुले पुरागर्न सक्ने भएकाले यी ३० वटा योजनाहरु सार्वजनिक गरेको पनि उहाँले बताउनुभयाे ।

सो घोषणा कार्यक्रममा उपाध्यक्षका उम्मेदवारद्धय शिबहरि नेपाल बैरागी, सरिता गिरी, महासचिवकी उम्मेदवार पनाह अधिकारी, सचिवका उम्मेदवार जीवन थापा र कोषाध्यक्षका उम्मेदवार बिनोदकुमार भट्टराईले पनि आफ्नो उम्मेदवारीबारे प्रकाश पार्दै संघमा गएपछि गर्ने काम प्रति प्रतिवद्धता जनाउनुभएकाे छ । उहाँहरु आफुहरुको समुह एक भएर चुनावमा अघि बढ्ने भन्दै आफुहरुको टिमलाई जिताउन अपिल गर्नुभएकाे छ ।

नेपाल चलचित्र कलाकार संघको यही ४ चैतमा हुने पदाधिकारी चयनको निर्वाचनमा अभिनेत्री रेजिना उप्रेती र उहाँको समुहले  सार्वजनिक गरेको घोषणा पत्र यस प्रकारको छ ।

घोषणपत्र
१) कार्यालय ब्यबस्थापन तथा सञ्चालन
– नेपाल चलचित्र कलाकार संघको कार्यालयलाई कलाकार मैत्री बनाउदै सदस्यहरुको गुनासो सुन्ने र समाधान गर्ने डेक्स खडा गरिने छ ।
– संघबाट प्रदान गरिने सिफारिस लगायत विभिन्न कागजात ढिलोमा एक घन्टा भित्र प्रदान गरिने छ ।
– नेपाल चलचित्र कलाकार संघको कार्यसमिति बैठक बस्न हाल अन्यत्र जानुपर्ने समस्यालाई समाधान गर्दै उपयुक्त बैठक कक्ष सहितको कार्यालय स्थापना गर्ने छौं ।
– संघको सम्पूर्ण कार्यक्रमको निमन्त्रणासहित वार्षिक कार्ययोजना र आर्थिक योजनाबारे सम्पूर्ण सदस्यहरुलाई जानकारी दिने छ । यस्ता कार्य पारिदर्शी गराईने छ ।

२) सदस्यता व्यवस्थापन ः
– नेपाल चलचित्र कलाकार संघका सदस्यहरुको सम्पूर्ण विवरण आउने गरी क्युआर कोड अंकित डिजिटल सदस्यता परिचय पत्र (कार्ड) प्रदान गर्ने ।
– संघका सदस्यहरुको परिचयपत्रको क्युआर कोड मार्फत खुल्नेगरी सम्पूर्ण सदस्यको विवरणलाई वेभसाईटमा राख्ने ।
३) संघको वेभसाईट व्यबस्थापन
– नेपाल चलचित्र कलाकार संघको वेभ साईट लामो समयदेखि निस्कृय छ । यसलाई तत्कालै व्यबस्थित गर्ने ।
– संघका विभिन्न सूचना तथा गतिविधिहरु वेभसाईटमा नियमित अपडेट गर्ने ।

४) भवन व्यवस्थापन तथा सञ्चालन
– नेपाल चलचित्र कलाकार संघको हालको भवन काठमाडौंको स्विचाटारमा रहेको यहाँहरुमा विधितै छ । अपायक ठाउँमा रहेको भनिएको यस भवनलाई यथासक्य चाँडो निर्माण सम्पन्न गरेर व्यबस्थित गर्ने छ ।
५) सदस्यहरुको अभिनय बृत्तिविकाश
– यस कलाकार संघका सदस्यहरुको लागि अभिनय क्षमता बृद्धी गर्न आर्धवार्षिक रुपमा साप्ताहिक अभिनय कार्यशाला गरिने छ ।
– संघका सदस्यहरुलाई वार्षिक रुपमा अन्तराष्ट्रिय कलाकारबाट अभिनय कार्यशाला आयोजना सहित प्रशिक्षित गराईने छ ।
– सांस्कृतिक संस्थानले सञ्चालन गर्दै आएको ६ महिने अभिनय डिप्लोमा कोर्षमा कलाकार संघका सदस्यहरुलाई छात्राबृत्तिमा प्रशिक्षणका लागि पहल गरिने छ ।
– नेपालका विभिन्न थिएटरहरुबाट दिईने अभिनय प्रशिक्षणमा सहकार्य गर्दै कलाकार संघका सदस्यहरुलाई प्रशिक्षणमा सहभागिता गराईने छ ।  
– ओस्कार फिल्म कलेज, नेपाल फिल्म क्याम्पस जस्ता शैक्षिक संस्था (कलेजहरु)मा अभिनयमा स्नातक गर्न चाहने संघका सदस्यहरुलाई छात्राबृत्तिको लागि संघबाट पहल गरिने छ ।
५) स्वास्थ्य उपचार योजना ः
– नेपालका विभिन्न अस्पतालसँग मिलेर कलाकारलाई वार्षिक रुपमा पूर्ण स्वास्थ्य परिक्षण गराइने छ ।
– नेपालका महत्वपूर्ण सरकारी अस्पतालमा कलाकारहरुको उपचारको लागि कम्तिमा प्रति अस्पताल ५ वटा बेड निःशुल्क गराउने छ । जहाँ पूर्ण रुपमा निःशुल्क उपचारको लागि पहल गरिने छ । निजी अस्पतालमा कलाकारहरुलाई सक्दो सहुलियतमा उपचारको लागि पहल गर्ने ।
– संघका सम्पूर्ण सदस्यका लागि सरकारसँग अत्यन्त कम शुल्कमा वार्षिक स्वास्थ्य उपचार विमाको लागि पहल गरिने छ ।
६) पेन्सन योजनाः
– ७० वर्ष नाघेका आर्थिक अवस्था अत्यन्त नाजुक भएका जेष्ठ कलाकारहरुलाई मासिक भत्ता (पेन्सन) प्रदान गर्नका लागि संघबाट पहल गरिने छ ।
७) कल्याणकारी कोष बृद्धी योजना
– यस संघका सदस्यहरुको आपतकालिन सहयोगका लागि स्थापित ‘नेपाल चलचित्र कलाकार संघ कल्याणकारी कोष’मा वार्षिक कम्तिमा ५० लाख रुपैयाँ जम्मा गर्न पहल गरिने छ ।
– यसको लागि सरकारसँग आर्थिक सहयोगको पहल गरिनेछ । आर्थिक बृद्धिका लागि विशेष सांस्कृतिक कार्यक्रम गरिने छ ।
 ९) अन्तरक्रिया तथा गोष्ठी
– नेपाली चलचित्रका कलाकारहरुका तथा नेपाली चलचित्र उधोगका विविध समस्याबारे संघबाट नियमित रुपमा अन्तरक्रिया एवम् गोष्ठी कार्यक्रम आयोजना गरिने छ ।
– नेपाली चलचित्र उधोगकोबारे सकरात्मक सन्देश फैल्याउन विभिन्न शैक्षिक संस्थाहरुमा विज्ञ कलाकारबाट अतिथि कक्षा लिनको लागि पहल गरिने छ ।
१०) संघको शाखा बिस्तार
– मुलुक संघियतामा गएका बर्तमान अबस्थामा कलाकार संघ पनि संघीयतामा जानुपर्छ भन्ने हाम्रो मान्यता रहेको छ । त्यसैले नेपाल चलचित्र कलाकार संघको सात वटै प्रदेशमा प्रदेश स्तरीय शाखा बिस्तारमा पहल गरिने छ ।
– हाल बिदेशमा रहेको संघको शाखाहरुलाई व्यबस्थित गर्दै विधानमा समेटिने छ । अन्य मुलुकमा पनि बैदेशिक शाखा बिस्तार गर्दै जाने छौं र उनीहरुलाई पनि आगामी कार्यसमितिमा समेटिने छ ।
११) कलाकारको सामाजिक सुरक्षा
– यस संघका सदस्य कलाकारहरुलाई विभिन्न सामाजिक सञ्जालबाट हुने अपहेलना (साईवर अपराध)मा संघले यथासक्य चाँडो कानूनी तथा न्यायिक पलह गर्ने छ ।
– संघका सदस्यहरुको व्यक्तित्व विकाशका लागि संघबाट विभिन्न प्रशिक्षण दिँदै सेलिब्रेटीको रुपमा स्थापित गर्न पहल गर्ने छ ।
– चलचित्र विकाश बोर्ड मार्फत कलाकारहरुको सामाजिक सुरक्षा कोष स्थापनाको लागि पहल गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

101 Talks Coming Soon | The Voice of Ideas

https://www.youtube.com/
काठमाडौं

बिहिबार, चैत्र ९, २०७९

११.६१°

-
Clouds

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘२०८० साललाई जातीय छुवाछुत बिरुद्धको अभियान वर्ष’ घोषणा गर्न...

‘दलितमाथि हुने अपमान र विभेद अन्त्यका लागि दृढतापूर्वक अघि...

त्रिभुवन विश्वविद्यालयको बेथिति सुधारमा सरकार गम्भीर नभएका सांसद देवकोटाको...

सरकारी सेवामा करारमा कार्यरत श्रमीकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

आज अन्तर्राष्ट्रिय महिला दिवस, कसरी सुरु भयो नारी दिवस ?

अन्तर्राष्ट्रिय महिला दिवसमा महिलाहरू सामाजिक चेतना विकासमा जोड दिने, राजनीतिक पहुँच बढाउने, न्यायलयमा समानताको हक खोज्ने आर्थिक र उत्पादनको क्षेत्रमा...

विचार

महिलाहका लागि छुट्टै बजेटको व्यवस्था गर्न सरकारसँग आग्रह

बैठकमा बोल्दै राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले महिलाहरुलाई प्रत्यक्षतर्फ नै प्रतिनिधि सभामा ५० प्रतिशत महिला प्रतिनिधित्व गराउनका लागि वातावरण बनाउनुपर्ने...

विचार

सर्वोच्चमा ५ र उच्च र जिल्ला अदालतमा २ वर्षभित्रै मुद्दाको...

मंगलवार कानून व्यवसायी क्लव काठमाडौं तथा शंकरलाल केडिया फाउण्डेशनको सम्मान तथा पुरस्कार कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो दाबी गर्नुभएको हो ।...

खेलकुद समाचार

थप देखाउनुहोस्

ICC Cricket World Cup League

UAE

310

:

NEPAL won by 9 Runs by DLS method

Nepal

FULL TIME

ICC Cricket World Cup League

PNG

95

:

100

Nepal

FULL TIME

ICC Cricket World Cup League

Nepal

248

:

77

UAE

FULL TIME

ICC Cricket World Cup League

PNG

249

:

190

UAE

FULL TIME

नेप्से

Index Name
Index Value
Change Percentage

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

 ‘बहाव’को कथा पनि केही हिसाबमा सुँगासँग मिल्छ’:-अभिनेत्री सुरक्षा पन्त

प्रभुको निर्देशनमा गायक राजकुमार सिंहको ‘बलेको आगो-२’ म्यूजिक भिडियो...

मन्त्री किराँतीको शब्द रचना रहेको ‘पहराकी फूल’ सार्वजनिक

चेलिबेटी बेचबिखनको सन्देशसहित हरिवंश आचार्यको शब्द, संगीत र स्वर...