नेपाली आधुनिक संगीतको सय वर्ष

author

समाचारपाटी

२ years अगाडि

पोखरा । पोखरामा जारी दशौँ नेपाल लिट्रेचर फेस्टिभलको दोस्रो साँझ पुरानादेखि नयाँ आधुनिक गीतहरुको गाइएको छ। आधुनिक संगीतको सय वर्ष शिर्षकको उक्त सेसनमा कुन्ती मोक्तान, लोचन भट्टराई, शिलाबहादुर मोक्तान लगायतका कलाकारले प्रस्तुति दिएका थिए।

गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा नेपाल संगीत नाट्य
एकेडेमीको आयोजनामा भएको सेसनमा वि.सं. १९६५ देखि यता विभिन्न काल खण्डका गीतहरु गाइएको थियो। जसमा १९६० को दशकको राणाकालमा, २००० को दशकमा प्रजातन्त्र आइसकेपछि र पञ्चायतकालमा रचिएका तथा गायिएका गीतहरु रहेका छन्।

तीत चरणमा विभाजित सांगीतिक कार्यक्रमको सुरुवात नेवारी गीत राजमति खुमतिबाट गरिएको थियो। त्यस्तै वि.सं.२००० भन्दा अघिका केही सिमित गीत मध्ये मेलवादेवीको सवारी मेरो रेलैमा, मित्रसेनको लाहुरेको रेलिमइ, उस्ताद साइलाको रातो ठेकी नारन तथा रेनुदेवी अधिकारीको क्रान्तिकारी गीत नेपाली अघि बढ हातमा क्रान्तिको झण्डा लिइ लगायतका गीत गाइएको थियो।
त्यस्तै २००० देखि यता प्रजातन्त्र तथा रेडियो नेपालको स्थापना भइसकेपछि रेकर्ड भएका गीतहरु प्रस्तुत गरिएको थियो। जसमा हरि प्रसाद रिमालको फगत एक नजरमा, नारायण गोपाल र तारादेवीको हे कान्छा ठट्टैमा वैँश जान लाग्यो, बच्चु कैलाशको तितरी पंखी बादलमाथी, नातिकाजीको नेपाली हामी रहौँला कहाँ लगायतका गीत गाइयो। त्यसपछिको चरणमा २०३०, ४० को दशकमा स्थापना भएका सांगीतिक राल्फा समूहको गाइ त बाँध्यो ढुंग्रोमा मोही छैन, कोही त भने जहाजमा, लेकाली समूहको मलाई प्यारो लाग्छ, अम्बर गुरुको नौलाख तारा उदाए धर्तिको आकाश हाँसेछ, गोपाल योन्जनको बनेको छ पहराले लगायतका गीत प्रस्तुत गरिएको थियो।

त्यस्तै पुराना चलचित्र गीतहरु माइतीघर, गैरी खेतको सरौँतिले लगायतका गीतमा नृत्य पनि प्रस्तुत गरिएको थियो। सोमबारसम्म चल्ने महोत्सवको तेस्रो दिन शनिबार सांगीतिक कार्यक्रम, किताब चर्चा, अर्थतन्त्रमाथीको वहस लगायतका दर्जनभन्दा बढी सेसन छन्।


काठमाडौं

मङ्लबार, बैशाख ३०, २०८२

२१.२°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम...

संक्रमणकालीन न्याय छिटो टुंग्याउनुपर्नेमा काँग्रेसको जोड

वर्तमान व्यवस्था भ्रष्टहरुको उत्पादन गर्ने कारखानामा परिणत भयोः कमल...

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने