fbpx

भूठान : घर हराएको कथा

author

समाचारपाटी

३ हप्ता अगाडि

पोखरा । ‘जब म मेरो देश फर्किने छु त्यहाँ सबै सुखी हुनेछन् तर एकमात्र दुखी मान्छे त्यहाँ हुनेछ र त्यो म हुनेछु,’ पात्रको आशय भाव बोल्छ । नौ दिन अघि सामाजिक सञ्जाल यूटूब्बमा रिलिज भएको चलचित्र भूठानमा हरिवंश आचार्यले अस्पतालको शैयामा बसेर जब म त्यहाँ पुग्छु एक मात्र दुखी मान्छे म हुन्छु बोल्छन् । विषयवस्तु के छ ? सन्दर्भ के हो ? टिजर मात्र नभएर भूठान हेरेपछि दर्शकले बुझलान् । दर्शकले भूठानको भाव अहिल्यै बुझन भने खोजिरहेका छन् ।

यसैमाथि पोखरामा जारी भएको एनसिएल फाउण्डेसन नेपाल लिटरेचर फेस्टिभलको चौथौ दिन हरिवंशको भूठान यात्रा सत्रमा बहस भयो । सत्रमा पत्रकार स्वेच्छा राउतले निर्माता विनोद पौडेललाई प्रश्न गर्नुभयाे– भूठानको अर्थ के ? त्यसको जवाफ पौडेलले भने,‘मलाई चाहिँ के लाग्छ भने । टाइटलको व्याख्या दिए जस्तो हुन्छ । सिनेमा हेरिसकेपछि दर्शकले टाइटललाई कसरी व्याख्या गर्छन् महत्वपूर्ण हुन्छ त्यो आधारमा मैले टाइटल राखेको थिएँ । अहिले सामान्यतय भन्नुपर्दा अस्तित्व मेटिएको अथवा घर हराएको भन्ने मिडियामा आइरहेछ त्यसैलाई म मानिरहेको छु ।’

सुरुवातमा हाँस्यकलाकारको छवि बनाएका हरिवंश आचार्यले मान्छेको भाव बोक्ने चोटिलो पात्रमा पनि उत्तिकै देखिएका छन् । पछिल्लो समय महापुरुषबाट भावनात्मक रुपमा एक्लिएको पात्रमा देखिनुभएकाे थियाे उहाँ । हाँस्य मार्फत होस् वा गम्भीर पात्रको माध्यमले उहाँको पात्रले दिने सन्देश सधैँ गहन र चोटिलो हुन्छ । हरेक पात्रले कथा बोकेका हुन्छन् । महापुरुषमा देखिएको पात्र र भूठानमा देखिएको पात्रमा के कति फरक छ सहजकर्ता स्वेच्छाले प्रश्न गर्दै भन्नुभयाे, ‘महापुरुषमात्र भावनात्मक रुपमा एक्लिएको र दुखी भएको चरित्र यी चरित्रहरुभन्दा भर्खरै टिजरमा हेरेको दुखी मानिस कति फरक छ ?’ त्यसैक्रममा हरिवंशको भूठान यात्रा कसरी सुरु भयो चर्चा गरियो ।

चलचित्रको स्कृष्ट पढिसकेपछि आचार्यलाई त्यसमा आफनो स्थान बनाउन आशा लागेको उहाँले सुनाउनुभयाे । ‘चलचित्रको स्कृप्ट पढेँ यसभित्र म अटाउन सकेँ भने यसभित्रको चरित्र मैलै निर्वाह सकेँ भने मैले अर्को स्थान बनाउन सक्छु भन्ने मलाई आशा लाग्यो र यसमा अभियान गर्छु भन्ने अठोट गरेँ,’आचार्यले भन्नुभयाे । तीन वर्ष बढी समय लगाएर तयार भएको स्कृप्टमा हरिवंशको यात्रा रोचक छ । ग्लोबली चलचित्रलाई लिएर जाने कुराभएपछि कलाकार पनि सोही अनुसार लिने कुरा सुरुवात भएको उहाँको निर्माता पौडेलको भनाइ थियो ।

‘पात्र मात्र दिमागमा थियो । पछि फिल्म बनाउँदा ग्लोबली जाऊ भन्ने कुरा आयो । बलिउडको कलाकार लिऔँ भन्ने आयो,’ पौडेलेल भन्नुभयाे । सुरुवातमा मुख्य पात्रमा नसरुद्दिन शाहलाई ल्याउने कुराकानी भएको थियो । तर, मिलने । पछि, पौडेललाई आफनै माटो बुझेको कलाकार खोजे । उहाँलाई नाम आयो हरिवंशको । ‘जीवनसँग पाकेको कलाकार चाहिएको थियो त्यसका लागि हरिवंश बाहेक अरु देखिनँ । उहाँले खेल्दिनँ भन्ने फिल्म रोकिन्थ्यो । कलाकारिता मात्र होइन दाई सानैदेखि नै जीवनसँग पाक्दै पाक्दै आउनुभएको हो ।

त्यो पाक्दै गरेको मान्छेले सिनेमाको गहिराईलाई राम्रोसँग बुझछ भन्ने उहाँको नाम आउँदा बित्तिकै विश्वास भएको थियो,’ पौडेले भन्नुभयाे । टिजर आइसकेपछि निर्माताले सफलताको आशा गर्नु स्वभाविक हो । दर्शकले पनि अपेक्षा राख्नुभएकाे छ । हरिवंश पनि सन्तुष्ट देखिन्छन् यसमा । ‘विनोद पौडेलसँग काम गर्न गार्हाे छ । उहाँलाई प्रफेक्सन चाहिन्छ । त्यो चूनौतीपूर्ण नै थियो मेरो लागि । र मैले चाहिँ आफूले लिएको जिम्मेवारी पूरा गर्ने कोसिस गरेँ त्यहीँ अनुसार पनि त्यो चूनौतीको फल हो भन्ने
लागेको छ,’ आचार्यले भन्नुभयाे ।


काठमाडौं

मङ्लबार, चैत्र ११, २०८१

२७.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

संविधानप्रति पूर्ण प्रतिवद्ध छौँः नेपाली काँग्रेस

आजबाट प्रेस चौतारीको महाधिवेशन, महाधिवेशनको उद्घाटन शंखर पोखरेलले गर्ने

देश असफलताको दिशामा अग्रसर छ, खबरदारी गरौँः राजेन्द्र लिङदेन

सत्ताको बागडोर सम्हाल्नेको कुकृत्यका कारण लोकतान्त्रिक गणतन्त्र धरापमाः झलनाथ...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन