भाषा मर्ने भनेको के हो । भाषाको दुईटा पक्ष हुन्छ । एउटा कथ्य बोलिने,अर्काे लेख्य । मैले लेखेको प्रसंगको कुरा गर्नुभो । त्यसमा मेरो के जिकीर छ भने नेपाली भाषा मर्छ । यस अर्थमा कि यसको प्रगती यसको समृद्धि हुँदैन । यसको क्षहिकरण भाषा भनेको ज्ञान, विज्ञान, दर्शन प्राप्त गर्ने माध्यम हो । तर, यदि लेख्य भाषा जिवित रहेन भने मृतक तुल्य नै हो । मैले त्यस लेखमा यो आफ्नो डर प्रकट गरेको छु । बोल्ने त रहलान् । यो पनि नेपालको जनसंख्या झण्डै ३ करोड पुगेको छ ।
नेपाल बाहिर पनि नेपाली भाषीहरु छन् । तसर्थ यस अर्थमा रहला । तर, के कथ्य भाषाको रुपमा । यो उत्कष्ट, नयाँ नयाँ साहित्य सिर्जना गर्ने, दर्शन विज्ञानसम्म पुग्ने, सशस्त्त माध्यमको रुपमा रहँदै भन्ने मेरो चिन्ता हो । सँस्कृतिको कुरा गर्नुभो । सँस्कृति एक अर्थमा भन्ने हो भने त्यो मृत भाषा हो । यो जिवित भाषा होइन । त्यो कहाँ छ साहित्यमा छ, इतिहासमा छ । पुरातनहरुमा छ । त्यो म्यूजियमको विषय बन्यो ।
लेख्य साहित्य बडो समृद्ध छ । यसमा कुनै शंका छैन । जस्तो युरोपियन सन्दर्भमा भन्ने हो भने ल्याटिन भाषा । ल्याटिन भाषाविना त युरोपको कुनै पनि भाषा साहित्यको इतिहास नै खत्तम हुन्छ । बुझ्नै सकिन्न । सबैको मातृभाषा हो । सँस्कृति धेरै भाषाको मदर ल्याङगोएज हो । त्यहाँबाट मिश्रित भएको छ नेपाल,हिन्दी यी सबै । युरोपियन ल्याङगोएजको मातृभाषा हो संस्कृत । जिवित छ तर,लेख्य मात्रै कथ्य रुपमा छैन । तसर्थ त्यसलाई भन्नुपर्ने हुन्छ । इतिहासको म्युजियनको भाषा भयो । जसरी ल्याटिन भाषा भयो ।
बोल्ने, अभ्यास गर्ने मान्छे नभएपछि त त्यो भाषा मर्छ । प्रत्येक दिन यहाँ मात्र होइन विश्वभर भाषा मरिरहेका छन् । एउटा लोपोन्मुख भाषा पनि छ । लोप भएको भाषा त भइहाले, हराएका । हराउनै हराउन लागेका भाषा । उहाँहरुले त्यसलाई वर्गीकरण गर्नुभएको छ । मलाई डर के हो भने त्यहि रित रहेमा अर्थशास्त्रको सिद्धान्तको कुरा गर्दाखेरि यो सिद्धान्त लागु हुन्छ । यसमा सर्त हुन्छ ।
यहि रित रहेमा हराउँछ । अहिलेको रित के छ ? अहिलेको चलन के छ ? मेरो लेखमा ससाना नातीनाातिनाको वास्तविक उदाहरण दिएर लेखेको छ । नाति ८ वर्षको थियो । नातिनी ५ वर्षको थियो । नातिनी त एक कक्षा पनि चढेकी थिइन । ती दाजुबहिनी एकआपसमा अंग्रेजीमा कुरा गर्छन् । अंग्रेजीमा झगडा गर्छन् । बाजे चाहिँ नेपालीमा लेख्छ । नेपालीमा कल्पना गर्छ । नेपाली भाषाको चिन्ता गर्छ । र मेरा नाति नातिनी प्रतिनिधि पात्र मात्रै हुन् । पुस्तापुस्ता, तीनिहरुका आमाबाबुका पुस्ता ।
काठमाडौंमा बसियो । छोराछोरीलाई राम्रै स्कुलमा पढाइयो । जसलाई अहिले चलनचल्तीमा बोर्डिङ भन्छन् नि । अर्थ पनि विस्तार भएर के छ भने कस्तोलाई बोर्डिङ भन्ने जहाँ अग्रेजी पढाईं हुन्छ । अर्थ विस्तार भएर । खासगरी बोर्डिङ अर्थ के हो भने जहाँ खाना बस्नको व्यवस्था हुन्छ । खासमा त्यो हो शाब्दिक अर्थ । र हामीले सकिनसकि राम्रै स्कुलमा पढायौं । अग्रेजीमा पनि जान्ने भए । उनीहरु पनि मेरा छोरीज्वाईभन्दा बड्ता चाहिँ छोराबुहारी । अब किन भन्नुहोस् । छोरो सेन्जिवियरमा पढेको । बुहारी पनि सेन्जिवियरमा । उनीहरु पनि नेपालीमा सम्झाउने, हकार्ने होइन । भरसख अंग्रेजी मै बोलिराखेका हुन्छन् । र फेरि
मेरा छोराबुहारी पनि प्रतिनिधि पात्र हुन् उनीहरुका पुस्ताका । कहिँ पनि जानुस् । पार्कमा होस् या सपिङ महलमा । ३५÷४० वर्षका छन् छोराछोरी । उहाँहरुले कमकम, सिटडाउन, वेलकम, बाइबाइ भन्छन् । यसलाई अग्रेजीमा प्यारोटिङ भन्छ । सुगा जस्तो अर्काेले अग्रेजी बोल्यो भने म पनि त्यस्तै अग्रेजी बोल्न पाएँ हुन्छ भन्ने यो डरलाग्दो प्रवृति हो ।
म कुरा गरिरहेको छु । समृद्ध, जिवित भाषा हुनका लागि यसका केही अहेवहरु हुन्छ । जसको माध्यबाट हामी उच्चतम ज्ञान, दर्शन, विज्ञान त्यहाँसम्म पुग्न सक्नुपर्छ । त्यत्तिकै बस्नुहुँदैन । भाषा बचाउने भनेको अभ्यासकर्ताले हो । भाषालाई कहिलेकाहि कसरी हेर्छु भने यो बग्दो नदी जस्तो हो । व्याकरण के हो भने त्यो नदीलाई बाँधेर नहर बनाएर सिचाई गरेजस्तो हो । नत्र त्यो त छाडा हुन्छ नि । बाढी ल्याउछ । सदुपयोग गर्नुपर्यो । व्याकरणको हैसियत त्यो हो । कहिलेकाही पानी त्यो बाँधबाट अलिकति माथितिर त्यसलाई के भन्ने ? बाँधलाई उछिनेर पानी बग्छ । व्याकरणसम्मत नभएपनि राम्रो सुनिन्छ ।
कानुनी आदेश जारी गरेर भाषा बचाउन सकिँदैन । गलत कुरा हो । भोलि आयोगमा त्यस्तो भाषा आयो भने व्यवहारमा भाषा बोल्नेले, अभ्यास गर्नेले त्यसलाई रिजेक्ट गरिदिन्छन् । त्यसलाई अस्विकार गरिदिन्छन् । एउटा पहिचानको आन्दोलन यहाँ बढ्यो । गुरुङले गुरुङ भाषा, मगरले मगर भाषा, हरेकले आफ्नो भाषा बोल्ने उनीहरुले नेपाली भाषालाई खस भाषा भन्छन् ।
लेखकहरु छन् । कविहरु छन् । के मा लेख्छन् । नेपालीमा लेख्छन् । आफ्नो मातृभाषा दाबी गरिराखेका छन् । त्यसमा लेखिराखेका छैनन् । प्रहार गरिराखेका छन् ।
नेपाली भाषा भयो । यो अब खस भाषा रहेन । यसलाई पर्वतिय, गोर्खे भाषा पनि भनिन्थ्यो पहिले । तर, हामी नेपाली भाषा भनेर स्वीकारेमा मानौं न । किन गाली गर्नुहुन्छ ? हेर्नुस् कतिपय सरकारी कार्यालयको सूचना पार्टीमा गलत तरिकाले व्याकरण प्रयोग गरिराखेका हुन्छन् । लेखक, अनुवादक तथा सम्पादक थापाले पोखरामा जारी १२औं एनसेल फाउन्डेशन नेपाल लिटरेचर फेस्टिभलको ‘के नेपाली भाषा मर्दै छ ?’ सेसनमा राखेको सम्पादित अंश