नेपाल जग्गा तथा आवास विकास महासंघका महासचिव ध्रुव घिमिरेले सरकारले जग्गाको कित्ताकाट खुलाउँदा सर्वसाधारणलाई धेरै ठूलो टेवा पुगेको बताउनुभएको छ ।
शनिवार पोखरामा भएको नेपाल जग्गा तथा आवास विकास महासंघको दोसो वार्षिक महासभामा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालभर घरजग्गा तथा आवास विकासको क्षेत्रलाई आफ्नो पेशा तथा व्यवसाय बनाइ व्यवसाय गर्दै आएका व्यवसायीहरुले भोग्नुपरिरहेका विभिन्न समस्याहरुको समाधानका लागि प्रयासरत रहनुपर्ने बताउनु भयो । उहाँले आफ्नो उद्देश्य प्राप्तिको लागि हामी सबै व्यवसायीहरु एकजुट भइ अघि बढ्नुपर्ने आहिलेको आवश्यकता भएको बताउनु भयो । बैंकमा अथाह पैसा भएपनि राष्ट्र बैंकले लगानी गर्ने वातावरण बनाइदिन नसकेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘जग्गा तथा आवास सम्बन्धी संघसंस्थाहरुको एकता, हक अधिकार, हीत संरक्षण र संगठित प्रयास एवं राष्ट्रिय प्रतनिधित्व गर्दै यस क्षेत्रमा संस्थागत मूल्य एवं मान्यता स्थापित गरी वैज्ञानिक एवं व्यवस्थित शहरी एवं बस्ती विकासको माध्यमद्वारा नेपाललाई सुन्दर मुलुकको रुपमा परिचित गर्न र मुलुकको अर्थतन्त्रलाई सुदृढ गर्नको लागि आवश्यक कार्य गर्ने मुल अभिप्रायले सशक्त एवं सबल छाता संस्थाको रुपमा संस्था दर्ता ऐन, २०३४ बमोजिम महासंघको स्थापना भएको हो । नेपालभर घरजग्गा तथा आवास विकासको क्षेत्रलाई आफ्नो पेशा तथा व्यवसाय बनाइ व्यवसाय गर्दै आउनुभएका व्यवसायीहरुले भोग्नुपरिरहेका विभिन्न समस्याहरुको समाधानका लागि प्रयासरत रहँदै निरन्तर रुपमा आफ्नो उद्देश्य प्राप्तिको लागि हामी सबै व्यवसायीहरु एकजुट भइ अघि बढ्नुपर्ने आहिलेको आवश्यकता हो । कित्ताकाट खुल्दा सर्वसाधारण मानिसलाई धेरै ठूलो टेवा पुगेको छ । बैंकिङ क्षेत्रमा हामी अहिले पनि लडिरहेका छाैँ । बैंकमा अथाह पैसा छ तर राष्ट्र बैंकले लगानी गर्ने वातावरण बनाइदिएको छैन ।’
उहाँले सबै एक भएर आफ्ना हक अधिकारको बारेमा लड्न आवश्यक रहेको बताउनु भयो । उहाँले घररजग्गा व्यवसायीलाई लाइसेन्स दिनुपर्ने भन्दै आन्दोलन गरेर हालै मात्र सरकारले लाइसेन्स सिस्टमबाट मात्रै घरजग्गा कारोबार गर्नुपर्ने विधेकय पास भएकाले यो निर्णय सकारात्मक रहेको बताउनु भयो ।
—न्युज एजेन्सी नेपाल