प्राकृतिक स्रोत समिति सभापति आरजु राणा र सांसद प्रेम सुवाल बीचको सवाल–जवाफ

author

समाचारपाटी

१ year अगाडि

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति आरजु राणामाथि आक्रोशित बन्नुभएको छ । 

सोमवार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक थियो । बैठकमा खाद्य स्वच्छता विधेयकको संशोधनकर्ता सांसदहरुसँग छलफल गर्ने कार्यसूचि रहेको थियो । सोही अनुरुप संशोधनकर्ता सांसदहरुलाई बोलाइएको थियो भने उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल समेत उपस्थित हुनुहुन्थ्यो । आफ्नो संशोधन राखिरहेको बेलामा समिति सभापति आरजु राणाले ‘पोइन्ट टु द पोइन्ट गरिदिनुस्’ भनेर सांसद सुवाललाई आग्रह गर्नासाथ सांसद सुवाल सभापतिमाथि खनिनुभएको हो । सभापतिले त्यसो भन्नासाथ सांसद सुवालले ‘तपाईहरुलाई घोचेको कुरा मन पर्दैन, तपाईहरुलाई त सिंहदरबार कब्जा गर्न पाए हुन्छ नि’ भनि प्रतिवाद गर्नुभएको थियो । उहाँले सभापति राणालाई बिपी कोईरालालाई बिपी प्रतिष्ठानमा बेचेको र भ्रष्टाचारको अखडा बनाएको पनि आरोप लगाउनु भयो । उहाँले सभापतिलाई ठूलो कुरा नगर्न भन्दै कुन–कुन प्रधानमन्त्रीको पालामा क–कसले भ्रष्टाचार गरेको हो भन्ने कुरापनि आफूहरुलाई सबै थाहा भएको बताउनुभएको थियो । आक्रोशित हुँदै टेबल ठोकेका सांसद सुवाल सभापतिसँगको केही बेरको सवालजवाफपछि शान्त हुँदै पुनः आफ्नो संशोधनका बुँदा राख्नुभएको थियो ।

 
यस्तो छ सभापति राणा र सांसद सुवाल बीचको सवाल–जवाफ
आरजु राणाः पोइन्ट टु द पोइन्ट गरिदिनुस् ।
प्रेम सुवालः पोइन्ट नै हो । तपाईहरुलाई घोचेपछि पोइन्टमा पर्दैन । सबै थाहा छ सभापतिज्यु । तपाईहरुलाई घोचेको कुरा मन पर्दैन सबै थाहा छ हामीलाई । तपाईहरु त सिंहदरबार कब्जा गर्न पाए हुन्छ नि । गरिब जनताको किन सुन्नुपर्छ ? सबै थाहा छ हामीलाई । प्रजातान्त्रिक समाजवाद पनि थाहा छ । नाटक नै नाटक त हो नि । बिपी कोईरालालाई त तपाईहरुले बिपी प्रतिष्ठानमै बेच्नुभयो नि । भ्रष्टाचारको अखडा सबै थाहा छ हामीलाई । सभापतिज्युले ठूलो कुरा गर्नुपर्दैन । कुन–कुन प्रधानमन्त्रीको पालामा क–कसले भ्रष्टाचार गरेको सबै थाहा छ हामीलाई । 
उद्योगमन्त्रीः त्यतातिर नजाऔँ माननीयज्यु ।
प्रेम सुवालः किन नजाने ? किन रोक्नुभयो ? म बोल्दिन के(टेबल ठटाउँदै) उभिएर र पुनः टेबल ठटाए ।
आरजु राणाः रोकेको होइन । रोकेको होइन । प्लिज टु द पोइन्ट गरिदिनुहोस् भनेको हो के । प्लिज बस्नुस् माननीयज्यु । बस्नुस् । आफ्नो पोइन्ट राखेर जानुस् । 
प्रेम सुवालः तपाईलाई घोचेपछि रोक्ने ? किन रोक्नुभयो ? 
आरजु राणाः दुई, तीन वटा बाँकी छ अब । तपाईले गरेर जानुस् । मन्त्रीज्यु कुरिरहनुभएको छ ।
प्रेम सुवालः त्यसरी रोक्न पाइँदैन । पक्षपात गर्न पाइँदैन ।
आरजु राणाः रोकेको होइन । पक्षपात गरेको होइन ।
प्रेम सुवालः किन होइन ?
आरजु राणाः पक्षपात गरेको होइन । सिध्याएर जानुस् आफ्नो कुरा । व्याख्या धेरै नगर्नुस् मात्रै भनेको ।
प्रेम सुवालः (बस्दै) तपाईहरुको समर्थन गर्न आएको होइन म । 
आरजु राणाः समर्थन खोजेको होइन । यो त संशोधन गर्नैपर्छ ।
प्रेम सुवालः बिरोध गर्नासाथ किन रोक्नुभयो ?
आरजु राणाः मलाई लाग्दैन कि तपाईले गरेको बिरोध हो । मलाइ यो बिरोध होइन जस्तो लाग्छ । यो ठिक छ । संशोधन हाल्नैपर्छ ।
प्रेम सुवालः आज युवाजति ८० लाख विदेश पठाउनु भयो । आज देश ध्वस्त पार्नुभयो । तपाईहरुले किन रोक्नुभयो ।
अन्य सांसदहरुः नरिसाउनु न माननीयज्यु
आरजु राणाः छोटो मात्रै गर्नुस् भनेको हो । कुरा राख्नुहोस् भनेको हो ।
प्रेम सुवालः अरु कसैलाई भन्नुपर्दैन । मलाई किन भन्नुपर्छ सभापतिज्यु ? त्यस्तो पक्षपात गर्न पाइँदैन ।
आरजु राणाः ठिक छ ठिक छ प्लिज । तपाई लामै राख्नुस् । लामै राख्नुस् । दिनभरी हामी यहीँ बस्न आएको हो । 
प्रेम सुवालः यस्तो नचाहिने नचाहिने कुरा । औद्योगिक क्षेत्रहरुमा उत्पादन भएको सबै अधिकांश सामानमा खाद्य स्वच्छता कायम छैन । तपाई उद्योगको मन्त्री(उद्योगमन्त्रीलाई इंकित गर्दै) के यो बोल्न पाउँदैन ?
उद्योगमन्त्रीः पाइन्छ, पाइन्छ किन नपाउनु ?
प्रेम सुवालः तपाईको मातहतको काम राम्रोसँग गर्नुप¥यो । जनतालाई धोका दिन पाइँदैन मन्त्रीज्यु ।
प्रेम सुवालः (पाना पल्टाउँदै आफ्नो संशोधन राख्न शुरु) ६ महिना यता ४ अर्ब रुपैयाँको तरकारी आयात भयो । त्यो पनि विषादी भएको । चेकजाँच गर्नुपदैन ? विषादी भएको तरकारी खुवाउन मिल्छ ? यही हो खाद्य स्वच्छता ? मन्त्रीज्युको ध्यानाकर्षण गराउन चाहान्छु सभापति महोदयमार्फत धन्यवाद ।

न्युज एजेन्सी नेपाल


काठमाडौं

शनिबार, जेष्ठ ४, २०८२

१८.४७°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

लोकतन्त्र र व्यवस्था विरोधी गलत सामग्री रोक्न दूरसञ्चार सेवा...

सरकारले वातावरण बनाइदिए दश वर्षमा मुलुकको कायापलट हुन्छः उमेश...

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम...

संक्रमणकालीन न्याय छिटो टुंग्याउनुपर्नेमा काँग्रेसको जोड

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन