fbpx

फोनिज ले रजत वर्ष मनाउने क्रममा नेपाल पत्रकार महासंघ कास्की शाखा सरसफाई

author

समाचारपाटी

३ महिना अगाडि

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले रजत वर्ष मनाउने क्रममा नेपाल पत्रकार महासंघ गण्डकी÷कास्की शाखा सरसफाई गरेको छ । फोजिज गण्डकीको आयोजना र कास्कीको सह–आयोजनामा शनिबार महासंघ परिसरमा घाँस काट्दै, गोडमेलसहित सरसफाई गरेको हो । कार्यक्रम फोनिजका संघिय सल्लाहकार हुमबहादुर तमुले रजत वर्षलाई भव्य बनाउनका लागि फोनिजले आफ्ना शाखा रहेको जिल्ला प्रदेशहरुमा रचनात्मक कार्यक्रम गरिरहेको बताउनुभयाे ।

गण्डकी प्रदेश र कास्की जिल्ला शाखाले सांकेतिक रुपमा सरसफाई कार्यक्रम गरेको सुनाए । ‘देशैभरी रजत वर्षको उत्सव चलिरहेको छ । सोही अनुसार गण्डकी र कास्की शाखाले पनि कार्यक्रम तय गरेको छ,’ उहाँले भन्नुभयाे, ‘शनिबार हामीले महासंघ परिसर सफा गरियो । यो सांकेतिक हो । पछिल्लो महासंघ भित्र धेरै फोहर जस्तै मानसिकता वा प्रवृति हावी भएको छ, यसको पनि सरसफाई हुनुपर्छ भन्ने हाम्रो सिम्बोल हो ।’ कार्यक्रममा फोनिजसँग आबद्ध पदाधिकारी, कार्यसमिति एवम् पत्रकारहरु सक्रिय सहभागी भएका थिए ।

राजत वर्षकै अवसरमा फोनिजले साउन २४ गते खेलकुद कार्यक्रम आयोजना गरिने फोनिज गण्डकीका महासचिव धनबहादुर गुरुङले जानकारी दिनुभयाे । उक्त दिन पत्रकार मञ्चको पुरुष टोली र फोनिजको पुरुष टिम साथै नेपाल पत्रकार महासंघ कास्की शाखाको महिला टिम र फोनिजको महिला टिमसँगै पुरुष भेट्रान्स पत्रकार बिच मैत्रीपूर्ण भलिबल प्रतियोगिता हुनेछ । सोही दिन पत्रकारहरु बिच (महिला÷पुरुष) खुला छेलो प्रतियोगिता पनि हुने उहाँले बताउनुभयाे ।

रजत वर्ष मनाउने क्रममा साउन २७ गते मुल कार्यक्रम हुने महासचिव गुरुङले जानकारी दिनुभयाे । उक्त दिन पोखराका प्रतिष्ठित व्यवसायी विमलमान गुभाजु र उहाँका परिवारले आफ्ना स्व. बावुआमा वेदमान गुभाजु र नेत्रकुमारी गुभाजुको स्मृतिमा स्थापना गरेको तथा फोनिज गण्डकीद्वारा सञ्चालित ‘कञ्चन पत्रकारिता पुरस्कार–२०८१’ अर्पण गरिनेछ । उक्त पुरस्कार यो वर्ष कास्कीका पत्रकार दीपेन्द्र श्रेष्ठ र नवलपुरकी पत्रकार कमला रानामगरलाई प्रदान गरिनेछ । उनीहरुलाई जनही २५ हजार रुपैयाँ राशि रहेको पुरस्कारसहित सम्मान गरिनेछ । भन्, सुरुवाती समयमा फाेनिज स्थापनादेखि फोनिज हुँदासम्म योगदान, साथ, सहयोग र सल्लाह दिने अग्रजहरुलाई पनि सम्मान गरिने महासचिव गुरुङले जानकारी दिनुभयाे ।


काठमाडौं

शनिबार, कार्तिक १७, २०८१

१९.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

रास्वपा नेताहरुलाई प्रधानमन्त्रीको प्रश्न, तपाईंकै सांसदले हस्ताक्षर गरेको प्रतिवेदन...

गृहमन्त्रीलाई कांग्रेस सांसदकै प्रश्न : यती, ओम्नी, क्यान्टोनमेन्ट र...

सरकारलाई गगनको सुझाव : धनराज गुरुङ र एमाले सांसद...

रविको हिरासत बसाइ : छुट्टै कोठा, भेटघाटका लागि चारघण्टा...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक