fbpx

‘नेपाल–जापान संसदीय समूह छिट्टै गठन हुन्छ’:- अध्यक्ष गणेशप्रसाद तिमिल्सिना

author

समाचारपाटी

१ year अगाडि

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले छिट्टै ‘नेपाल–जापान संसदीय समूह’ गठन गर्ने बताउनुभएको छ ।
बुधवार बिहान सिंहदरवारमा जापान–नेपाल संसदीयमैत्री समूहका सदस्यद्वय कोबसायी काजुहिरो र नागाई मानाबुसँगको शिष्टाचार भेटमा उहाँले सो कुरा बताउनुभएको हो ।

प्रतिनिधि सभाको निर्वाचनपछि नेपालमा राजनीतिक परिवर्तनको अवस्थाले गति लिएकाले सो समूह गठन गर्न ढिलाई भएको उल्लेख गर्दै अध्यक्ष तिमिल्सिनाले अब त्यसलाई छिट्टै गठन गरी दुई मुलुकको संसदबीचको सम्बन्धलाई अझ बलियो बनाउन लागिपर्ने बताउनु भयो । सो समूहमा संघीय संसदको दुवै सदनका सांसद सदस्यको रुपमा रहने प्रावधान राखिएको छ । भेटमा जापानिज संसदीय टोलीले नेपालमा सो समूह गठन नभएकोमा चासो व्यक्त गरेपछि अध्यक्ष तिमिल्सिनाले सबै प्रावधानहरु पूरा गरी सो समूह छिट्टै गठन हुने र त्यसले आपसी सम्बन्धलाई अझ बलियो बनाउँदै लैजाने विश्वास व्यक्त गर्नुभयो । त्यस अवसरमा जापनिज टोलीले दुई मुलुकबीचको सदियौंदेखिको सम्बन्धलाई अझ बलियो बनाउँदै लैजानुपर्ने बताएका थिए । 

अध्यक्ष तिमिल्सिनाले भन्नुभयो, ‘प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्यौं । त्यसपछि राजनीतिक वातावरण निरन्तर परिवर्तनशील रह्यो । त्यसकारण हामीले मैत्री समूह गठन गर्न अलिकति ढिलाई भएको छ । अब हामी छिट्टै नै नेपाल–जापान समूह गठन गर्नेछौं । दुवै सदनको सदस्यहरु हामी राख्ने गर्छौं । राष्ट्रिय सभा त निरन्तर छदै थियो । तर प्रतिनिधि सभासहितको बनाउनुपर्ने हुँदाखेरी हाम्रो ढिलाई भएको हो । हामी छिट्टै त्यो समूह गठन गरेर त्यसको सभापति, अध्यक्षसहितको सबै प्रावधानहरु अनुसार हामी यहाँहरुलाई जानकारी पनि गराउँछौं ।’

त्यस अवसरमा अध्यक्ष तिमिल्सिनाले नेपालको विकासमा जापानको सहयोग आगामी दिनमा अझै वृद्धि हुँदै जाने विश्वास समेत व्यक्त गर्नुभएको थियो । 


काठमाडौं

बिहिबार, मंसिर २७, २०८१

८.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविलाई पोखरा लैजाँदा दुर्व्यवहार नभएको प्रहरीको दाबी

चीन भ्रमणले नेपालमा लगानीका सम्भावनालाई थप बलियो बनायो: अध्यक्ष...

बाबुराम भट्टराई र रवि लामिछानेबीच भेट, राजनीतिक प्रतिशोधको आरोप

१८ महिना सरकार चलाएर देउवालाई सत्ता हस्तान्तरण गर्ने ओलीको...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन