fbpx

बीमा क्षेत्रमा समस्या बीमा कम्पनीकै कारणले आएका हुन्ः अध्यक्ष मदन दाहाल

author

समाचारपाटी

१ हप्ता अगाडि

नेपाल बीमा प्राधिकरणका अध्यक्ष मदन दाहालले बीमा क्षेत्रमा साक्षरताको अभाव रहेको बताउनुभएको छ । बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले यस्तो बताउनुभएको हो । उहाँले बीमा क्षेत्रमा सबैभन्दा ठूलो चुनौतिका रुपमा बीमा साक्षरता रहेको देखिएको बताउनु भयो । उहाँले बीमा क्षेत्रले उद्योगी व्यवसायीदेखि आम नागरिकमा समेत बीमा साक्षरता जगाउन आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले उद्योगी व्यवसायीहरुले बीमाले लागत बढाउने मात्रै काम गर्यो भन्ने गुनासो जायज नभएको भन्दै बीमाले उद्योगलाई सुरक्षित गरेको कुरा भुल्न नहुने बताउनु भयो । उहाँले बीमाले उद्योग व्यवसायको संरक्षण गरेको दाबी गर्नुभयो । उहाँले बीमाका विषयमा सबैलाई साक्षर बनाउन नसकेको कुरा बीमा क्षेत्रले स्वीकार गर्नुपर्ने बताउनु भयो । उहाँले बीमा क्षेत्रमा पछिल्लो समयमा देखिएका समस्या बीमा कम्पनीहरुकै कारण देखिएको उल्लेख गर्नुभयो । उहाँले बीमाको प्रिमियम र दाबी भुक्तानीको समस्या बीमा कम्पनीहरुकै कारण ठूलो भएको बताउनु भयो । उहाँले यी समस्या समाधान बीमा कम्पनीहरुले सुधार गरेर गर्नु आवश्यक रहेको बताउनु भयो । उहाँले बीमकले बीमा गरेको रकम दाबी भुक्तानी पाउन धेरै ढिला हुने गरेको गुनासो व्यापक रहेको भन्दै यसमा सुधार गर्न आवश्यक रहेको बताउनु भयो । 
उहाँले भन्नुभयो,‘बीमा क्षेत्रमा सबैभन्दा ठूलो चुनौति बीमा साक्षरता रहेको देखिएको छ । बीमाले लागत बढाउने मात्रै नभएर सुरक्षित गरेको कुरा भुल्न हुँदैन । कुनै संस्थाको नेतृत्वले बीमाले लागत बढ्यो भन्न मिल्दैन । बीमा उद्योग व्यवसायको संरक्षण गरेको छ । बीमाका विषयमा सबैलाई साक्षर बनाउन नसकेको कुरा बीमा क्षेत्रले स्वीकार गर्नुपर्छ । बीमा कम्पनीहरुकै कारण विभिन्न समस्या सिर्जना भएका छन् । बीमाको प्रिमियम बढी भयो,क्लेयम पाइएन भन्ने छ । जुन बीमा क्षेत्रमा दुई तीनवटा समस्या छन् । ती बीमा क्षेत्रले सिर्जना गरेका हुन् । बीमकले बीमा गरेको रकम दाबी भुक्तानी पाउन धेरै ढिला हुने गरेको छ । यसमा सुधार गर्न आवश्यक छ । जीवन बीमा सरेण्डर असाध्यै बढेको छ । त्यसको जिम्मेवार को हो । बीमित,विमक,बीमा प्राधिकरण हो ? यसलाई कसरी निराकरण गर्ने हो । यो ठूलो समस्याको रुपमा छ । यो विषयमा पनि निराकरण गर्नु आवश्यक छ । यो समस्या समाधान गर्न बीमा प्राधिकरणले के गर्नुपर्छ गर्न तयार छ ।’


उहाँले पछिल्लो समय जीवन बीमा सरेण्डर गर्नेको सख्या बढ्दै गएको भन्दै त्यसको समाधानको लागि प्राधिकरणले गर्नुपर्ने काम गर्न तयार रहेको उल्लेख गर्नुभयो ।

—न्युज एजेन्सी नेपाल

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


काठमाडौं

आइतवार, माघ ६, २०८१

२१.५५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

सरकारले संसद् छली अध्यादेश ल्याएकोमा दलहरूको आपत्ति

निर्माण व्यवसायीका समस्या सम्बोधन गर्न सरकारलाई १५ दिने अल्टिमेटमु

एमालेको कारबाहीपछि भीम रावल धनगढीमा ओलीविरुद्ध नाराबाजी

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन