fbpx

नेपाल उद्योग वाणिज्य संघ गण्डकीको छैटौं प्रदेशसभा सम्पन्न, पत्रकार बासुदेव मिश्र सम्मानित

author

समाचारपाटी

१ year अगाडि

पोखरा । नेपाल उद्योग वाणिज्य संघको गण्डकी प्रदेश छैटौं प्रदेशसभा सम्पन्न भएको छ । प्रदेसशभाको उद्घाटन सत्रमा बोल्दै गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उद्योग व्यवसायसंगै आर्थिक क्षेत्र फस्टाउने महत्वपूर्ण पूर्वाधार राजनैतिक स्थिरता रहेको बताउनुभयाे ।

उहाँले मुलुकको उद्योग व्यवसाय तथा वाणिज्य लगायत क्षेत्रले राज्यलाई ठूलो सहयोग गर्ने स्वतन्त्र निकाय रहेपनि राज्यले उचित नीति बनाउन नसक्नु दुःखदायी रहेको सुनाउनुभयाे । उहाँले देशमा राजनैति अस्थिरताका कारण कुनैपनि पुँजीवादीले लगानी गर्न नखोज्दा अर्थतन्त्र धरातलमा पुगेको स्पष्ट पार्नुभयाे । ‘उद्योग व्यवसाय फस्टाउने महत्वपूर्ण पूर्वाधार राजनैतिक स्थिरता हो । राजनैतिक स्थिरता भयो भने स्वदेशीसंगै विदेशी पुँजीकर्तासमेत लगानी गर्न डराउँदैनन् । तपाईँहरुकै कारण लाखौंले नेपालमा रोजगार पाइरहेका छन्’ उहाँले भन्नुभयाे,‘विश्वका विकसित राष्ट्रहरुलाई हेर्ने हो भने राज्य संचालन गर्ने नेताको सिर्जनशिलताले उद्योग व्यवसाय फस्टाएका छन् र देशको अर्थतन्त्र उकासिएको छ तर हाम्रो जस्तो मुलुकमा अस्थिरताका कारण केहि पनि हुन सकिरहेको छैन् ।’

उहाँका अनुसार देशमा स्थाईत्व हुनेगरी सरकार बनेमा लगानीकर्ताले समेत ढुक्क भएर लगानी गर्ने वातावरण बन्ने बताउनुभयाे । उहाँले अहिले सरकार परिवर्तन हुँदै गर्दा नीति समेत परिवर्तन हुनाले निकै ठूलो समस्या खेप्न बाध्य भएको बताउनुभयाे । विशेषगरी पछिल्लो समय बैंकले ब्याजदर वृद्धि गर्दा उद्योग तथा व्यवसायीहरु मारमा परेको र सन्तुष्ट हुने वातावरण छैन् । गण्डकी प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष गिरिधारी शर्मा पौडेलले गण्डकी प्रदेश सामाजिक क्षेत्रमा अग्रिम
स्थानमा रहेपनि उद्योग व्यवसायको क्षेत्रमा भने निकै पछि रहेको बताउनुभयाे । उहाँले अब गण्डकी प्रदेश सरकार उत्पादनसंग जोडिनुपर्नेमा जोड दिनुभयाे ।

अब गण्डकी प्रदेशमै आयातित सामानलाई प्रतिस्थापन गर्नेगरी स्थानीय स्तरमै उत्पादन गरी बजारमा ल्याउन उद्योग तथा
व्यवसायीलाई आग्रह गर्नुभयाे । ‘गण्डकी प्रदेशको स्थिति हेर्ने हो भने सामाजिक क्षेत्रमा अग्रस्थानमा छ तर उद्योग व्यवसायमा भने पछारी रहेको छ’ उहाँले भन्नुभयाे,‘गण्डकी प्रदेशले उत्पादन मुलक क्षेत्रमा ध्यान दिन जरुरी छ त्यसका लागि तपाईँहरु आफैले उत्पादन गर्नुस भन्ने आग्रह गर्दछु । यहि उत्पादन गरेर विक्रि गरौं ।’ उहाँले गण्डकीमा सडक पूर्वाधारसंग अब उद्योग पूर्वाधारलाई समेत अघि बढाउनुपर्ने बताउनुभयाे।

उहाँले गण्डकीमा सुरक्षित औद्योगिकीकरण सुरु भएकाले लगानीकर्ता तथा उद्योगपतिलाई गण्डकीमै ठूला उद्योग खोल्न आग्रह गर्नुभयाे । साथै अहिले बैँकहरुले लिएको चर्को ब्याजदरको विषयमा आफै बसेर छलफल गरी समस्याको समाधान निकाल्न समेत सुझाव दिनुभयाे । गण्डकी प्रदेशसभा सदस्य महेन्द्रध्वज जिसिले उद्योग व्यवसायी र राज्य एकअर्का संग जोडिएको क्षेत्र रहेको बताउनुभयाे ।

उहाँले अहिलेको स्थितिमा एकले अर्कोलाई समस्या सुनाउने स्थिति बाहेक अन्य विकल्प नबनेको बताउनुभयाे । गण्डकी प्रदेश सरकारसंग आवश्यक अधिकार नहुँदा उद्योग, व्यवसायी तथा व्यापारीको मर्का सुन्ने र संघ सरकारलाई गुनासो सुनाइदिने काम मात्रै गर्न परेको बताउनुभयाे । नेपाल उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष आनन्द राज मुल्मीले राज्य आर्थिक धरातलमा
दिनप्रतिदिन फस्दै गएको बताउँदै यसको रोकथामका लागि राज्य निरिह देखिएको स्पष्ट पार्नुभयाे।

राज्यले राजस्व चुहावट र कर छलिका कारण आन्तरिक ऋण लिन बाध्य भएको बताउनुभयाे । राज्यले उचित नीतिको व्यवस्था नगर्दा उद्योग व्यवसायीको मात्र नभई समग्र राज्यकै अर्थतन्त्र धरासायी बनेको उहाँको भनाइ रहेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष संजिब कोइरालाले बैंक तथा वित्तीय संस्थाले कर्जामा गरेको ब्याज वृद्धि तथा अव्यवहारिक चालु पुँजी कर्जा निर्देशिकाका कारण यो वर्ष सिंगो निजी क्षेत्र प्रताडित बनेको बताउनुभयाे । आफुहरुले पटक –पटक सरोकारवाला निकायहरुको ध्यानाकर्षण गराएपनि मागको सुनुवाई नभएको गुनासो पोख्नुभयाे ।

उहाँले महासंगको मुख्य चासो उद्योग व्यवसायीमैत्र वातावरण रहेको सुनाउनुभयाे । राज्यलाई कर तिरेर समेत आफुहरुले सहज रुपमा सामग्रीहरु विक्रि गर्न नपाएको बताउनुभयाे । ‘राज्यलाई कर तिरेर निश्चित ठाउँमा मदिरा र मनोरञ्जन प्रदान गर्न पर्यटन उद्योगको धर्म हो । तर रातको समयमा मदिरा र अन्य अत्यावश्यक सामग्रीका पसलहरु खुल्न पाइदैन’ उहाँले भन्नुभयाे,‘देशका मुख्य पर्यटकीय केन्द्रहरु ठमेल, लेकसाइड, सौराह, नवलपुर लगायतका निश्चित मापदण्ड कायम सहज विक्रि वितरणको व्यवस्था हुनुपर्छ भन्ने हाम्रो माग हो ।’ कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठ, पुर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठ, उपाध्यक्ष दिनेश श्रेष्ठ, उपाध्यक्ष रामचन्द्र संघाइ, पुर्व अध्यक्ष चण्डीराज ढकाल, लुम्बिनी प्रदेश अध्यक्ष
कृष्ण प्रसाद शर्मा लगायतले आफ्नो भनाइ राख्नुभएकाे थियाे ।

पत्रकार बासुदेव मिश्र सम्मानित
पत्रकार बासुदेव मिश्र नेपाल उद्योग वाणिज्य महासंघबाट सम्मानित हुनुभएकाे छ । पत्रकारिताको माध्यमबाट नीजि क्षेत्रका एजेण्डा मुखरित गर्ने काम गरेको भन्दै संस्थाका सचिवालय कर्मचारी समेत रहनुभएकाे पत्रकार मिश्रलाई नगद सहित सम्मान गरिएको हो ।

मिश्रलाई गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले दोसल्ला आढाई सम्मानपत्र र नगदले सम्मान गरेको हो । पत्रकार मिश्रसंगै कर्मचारी निशान खनाल, कोषध्यक्ष श्रवणकुमार जोशी, उपाध्यक्ष ओमप्रसाद पौडेल र स्थापनाकाल देखी नै संस्थामा योगदान दिएका मोति प्रसाद पौडेललाई सम्मानपत्र, दोसल्ला र नगदले सम्मान गरिएको हो । यस्तै महासंगले उत्कृष्ट शाखाको रुपमा गैडाकोट उद्योग वाणिज्य संघलाई सम्मान समेत गरेको छ ।


काठमाडौं

शुक्रबार, बैशाख ७, २०८१

२९.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

चलचित्र ‘सारंग’ निर्माण हुने

सुजाता र अमृतको नयाँ लोकदोहोरी ‘आलुतामाले’ सार्वजनिक