fbpx

संकटमा गएको अर्थतन्त्र सुधारका लागि व्यवसायीहरुको हीतमा  काम गर्ने उमेशलाल श्रेष्ठकाे प्रतिवद्धता

author

समाचारपाटी

१ year अगाडि

नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभा तथा निर्वाचन चैत २८ र २९ गते हुँदैछ । निर्वाचनको मिति नजिकिसँगै व्यवसायीहरुमाझ चुनावी सरगर्मी बढेको छ । 

निर्वाचन नजिकिएसँगै व्यवसायीहरुले प्यानल बनाएर उम्मेद्वारी दर्ता गरिसकेका छन् । निर्वाचन जित्नको लागि वरिष्ठ उपाध्यक्षका उम्मेद्वार टिम बनाएर उम्मेद्वार तानातानमा ब्यस्त छन् । महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने व्यवस्था गरेको छ । वरिष्ठ उपाध्यक्ष नै अध्यक्ष बन्ने महासंघको व्यवस्था अनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल आगामी अध्यक्ष हुँदैछन् । वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा स्वतः अध्यक्ष हुने व्यवस्थाअनुसार वरिष्ठ उपाध्यक्षमा मुख्य प्रतिष्पर्धा देखिएको छ । वरिष्ठ उपाध्यक्ष पदको लागि मुख्य तीन जना प्रतिष्पर्धीले आ–आफ्नो टिम घोषणा गर्नुभएकाे छ । जसमा वरिष्ठ उपाध्यक्षका उम्मेदवारत्रय अञ्जन श्रेष्ठ, उमेशलाल श्रेष्ठ र रामचन्द्र संघाईले आ–आफ्नो प्यानलसहित मनोनयन दर्ता गरिसक्नुभएकाे छ । 

त्यस्तै,वरिष्ठ उपाध्यक्ष बाहेक जिल्ला नगरतर्फको उपाध्यक्ष, वस्तुगततर्फको उपाध्यक्ष र एसोसिएट उपाध्यक्षका लागि समेत निर्वाचन हुँदैछ । तर भरत आचार्य भने उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठको सर्वसम्मत एसोसिएट उपाध्यक्षको उम्मेद्वार बन्नुभएकाे छ । मंगलवार आचार्य र पाण्डेबीच सहमति भएपछि अब यी दुई प्यानलबीच एशोसिएट उपाध्यक्षमा भने आचार्यको मात्रै उम्मेदवारी रहनेछ ।  अब एसोशिएट उपाध्यक्षमा उमेशलाल श्रेष्ठ टिमका भरत आचार्य र रामचन्द्र संघाई टिमकी एसोसिएट उपाध्यक्ष ज्योत्स्ना श्रेष्ठबीच चुनावी प्रतिष्पर्धा हुनेछ । ज्योत्स्ना दुई दिनअघि अञ्जनको टीमलाई छोडेर वरिष्ठ उपाध्यक्षका उम्मेद्वार रामचन्द्र संघाईको टीममा पुग्नुभएकाे थियाे ।

वरिष्ठ उपाध्यक्ष तथा उपाध्यक्षका उम्मेद्वारहरुले अर्थतन्त्रमा देखिएको संकटका कारण समस्यामा रहेका व्यवसायीहरुको समस्या समाधान गर्न कस्तो पहल गर्ने प्रविद्धतता जनाए भन्नेकुरा सबै व्यवसायीहरुको चासोको विषय छ । व्यवसायीहरुको समस्या समाधान गर्ने र अर्थतन्त्रलाई चलायमान बनाउन पहल गर्ने जस्ता प्रतिवद्धता उनीहरुको छ । आईतवार रामचन्द्र संघाईले समृद्धिको आधार राजनीतिक स्थायीत्व,लगानीमैत्री वातावरण र पूर्वाधार मुल नारासहित वरिष्ठ उपाध्यक्षका उम्मेद्वारी घोषणा गर्नुभयो । उहाँले उद्योगी व्यवसायीहरुका समस्याको समाधान गरी व्यवसायीहरुको हकहीतमा निरन्तर लाग्ने अठोटसहित उम्मेद्वारी दिएको बताउनु भयो । उहाँले महासंघको संगठनात्मक सुधार र समन्वय गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले महासंघलाई थप प्रविधिमैत्री बनाउने,उद्योगी व्यवसायीहरको गुनासो समस्या बुझ्ने हेल्प डेस्क र हट लाइन व्यवस्थित बनाउने,प्रदेश च्याप्टरहरुको भुमिका थप बढाउने,केन्द्र,प्रदेश,जिल्ला नगर समन्वय बढाउने,देशभर महासंघको आफ्नै भवन बनाउने प्रतिवद्धता जनाउनु भयो । उहाँले कानून तथा नीति कार्यान्वयन तथा सुधार एवं परिवर्तनका लागि पहल गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले सुस्ताएको मुलुकको अर्थतन्त्रलाई चलायमान बनाएर आर्थिक विकास र अर्थतन्त्र सुधार गर्ने पनि बताउनु भयो । 

त्यस्तैै, सोमवार वरिष्ठ उपाध्यक्षको उम्मेदवार उमेशलाल श्रेष्ठले सक्षम निजी क्षेत्र, समृद्ध अर्थतन्त्र मुल नारासहित उम्मेद्वारी घोषणा गर्नुभएको छ । उहाँले संकटमा गएको अर्थतन्त्र सुधारका लागि व्यवसायीहरुको हीतमा  काम गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले आर्थिक काँचुली फेर्नका लागि निःस्वार्थ रुपमा काम गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले उद्योग वाणिज्य महासंघमा  फोटो खिच्न नभएर उद्योगी व्यवसायीहरुका समस्या समाधानका लागि आफू वरिष्ठ उपाध्यक्षमा उठेको  स्पष्ट पार्नुभयो । उम्मेद्वार श्रेष्ठले बिना शर्त व्यवसायीका समस्या समाधान गर्न लागिपर्ने बताउनु भयो । महासंघबाट सरकारलाई पत्र बुझाउँदा पत्र वाचन गर्ने अध्यक्ष मात्रै नबन्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले महासंघको वरिष्ठ उपाध्यक्ष जिताएर पठाए कसैको कठपुतली नहुने तर उद्योगी व्यवसायीहरुको कठपुतली बन्न तयार रहेको उल्लेख गर्नुभयो । उहाँले उद्योगी व्यवसायीहरुको सबैभन्दा ठूलो छाता संगठन महासंघ सुदृढ र संगठित महासंघ पाउन नसकेको भन्दै अब आफूले बनाउने प्रतिवद्धता जनाउनु भयो ।

अर्का वरिष्ठ उपाध्यक्ष पदका उम्मेद्वार अञ्जन श्रेष्ठले भने औपचारिक कार्यक्रम गरेर व्यवसायीहरु माझ प्रतिवद्धता सार्वजनिक गर्नुभएको छैन । तर श्रेष्ठले पनि वरिष्ठ उपाध्यक्ष पदको लागि उम्मेद्वारी भने दर्ता गरिसक्नुभएको छ । 


काठमाडौं

बिहिबार, जेष्ठ १७, २०८१

२१.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

गृहमन्त्रीलाई निलम्बन गर्न माग गर्दै सर्वोच्चमा रिट

कान्तिपुरका अध्यक्ष सिरोहियालाई पक्राउ गरेकोमा विरोध गर्दै प्रधानमन्त्रीलाई सम्पादकहरूको...

गृहमन्त्रीमाथि कारबाहीको माग गर्दै धनराजले दिए सभामुखलाई निवेदन

संसद्‍मा कसैलाई धम्की दिएको छैन, गिरीबन्धु प्रकरण छानबिन हुन्छ...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो

कालोकालो कपालमा खैरो..’मा प्रियंका रगम्भिरको रोमान्स

चलचित्र गाउँ आएको बाटो जेठ २५ गतेबाट प्रदर्शन हुने

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन