‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

author

समाचारपाटी

३ हप्ता अगाडि

काठमाडौंँ । ‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव २०२५’ स्कटल्याण्डको लागि आवेदन खुलाको छ । नेपाल आयोजक तर्फबाट चलचित्रकर्मी महासंघ कोशी प्रदेशले एक बिज्ञप्ती जारी गर्दै चलचित्रका लागि आवेदन खुला भएको जनाएको हो ।

महोत्सवका नेपाल आयोजकमा र नेपाल चलचित्र निदेर्शक समाज रहेका छन् । स्कटल्याण्डको राजधानी एडम्बरामा महोत्सव १९ जुलाई २०२५ मा आयोजना हुने भएको छ । गत १० फेब्रुअरीमा एक औपचारिक कार्यक्रम बिच ‘ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव २०२५’ स्कटल्याण्ड घोषणा भएको थियो । ‘नेपाल स्कटल्याण्ड एशोसियसन’ (एनएसए)को आयोजना रहेको महोत्सवको संयोजक विजय डंगोल रहेको छ ।

महोत्सवमा सहयोगी संस्थाको रुपमा नेपाल आदिवासी जनजाति महासंघ बेलायत, फिल्म कल्चर सोसाइटी अफ नेपाल रहेको छ । महोत्सवमा आदिवासी जनजाति बिषयमा बनेका छोटो चलचित्र, वृत्तचित्र र भाषाभाषीकाका चलचित्रले सहभागीता
जनाउन सक्नेछन् । महोत्सवमा आदिवासी कथामा बनेका मुलधारका कथानक चलचित्रलाई पनि अवार्ड तथा सम्मान प्रदान गरिने भएको कुरा महोत्सवका निर्देशक अरुण प्रधानले जानकारी गराउनुभयाे ।

हाम्रो खाना, हाम्रो पहिरन, हाम्रो संस्कृति, हाम्रो चलचित्र हेर्दै हाम्रो कलाकारलाई अवार्ड र सम्मान प्रदान गर्दै मनाईने महोत्सवमा जातिय खाना उत्स्व,जातिय पहिरन प्रदर्शन, चलचित्र प्रदर्सन, अन्तरक्रिया कार्यक्रम, सम्मान कार्यक्रम, सांस्कृतिक कार्यक्रम र अवार्ड वितरण कार्यक्रम हुने महोत्सवका निर्देशक अरुण कुमार प्रधानले जानकारी गराउनुभयाे ।

‘पहिलो पटक एडम्बरामा हुन लागेको महोत्सवका लागि हामी उत्साहित छौ महोत्सवले पक्कै पनि आदिवासी जनजाति चलचित्र क्षेत्रमा थप योगदान पुर्याउनेछ’ आयोजक नेपाल स्कटल्याण्ड एशोसियसनका अध्यक्ष तथा महोत्सव संयोजक बिजय डंगोल भन्नुभयाे ।

महोत्सव स्कटल्याण्डमा आयोजना हुने विश्वको चर्चित महोत्सव ‘एडम्बरा महोत्सव’कै अवसर पारेर आयोजना हुन लागेको हो ।


काठमाडौं

शुक्रबार, जेष्ठ ३, २०८२

३०.०१°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

लोकतन्त्र र व्यवस्था विरोधी गलत सामग्री रोक्न दूरसञ्चार सेवा...

सरकारले वातावरण बनाइदिए दश वर्षमा मुलुकको कायापलट हुन्छः उमेश...

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम...

संक्रमणकालीन न्याय छिटो टुंग्याउनुपर्नेमा काँग्रेसको जोड

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान