नेपाल-भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको सातौँ बैठक सुरु

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । नेपाल-भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको सातौँ बैठक सुरु भएको छ । होटल याक एन्ड यतीमा आयोगको बैठक सुरु भएको हो । बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री एस जयशंकर आजै बिहान नयाँ दिल्लीबाट काठमाडौँ आइपुगेका छन् । बैठकमा द्विपक्षीय सहकार्य र आपसी हितका विविध विषयमा समीक्षा र छलफल हुने जनाइएको छ ।

बैठकमा ऊर्जा सहकार्य, सीमा समस्या, प्रबुद्ध व्यक्ति समूह (ईपिजी) को प्रतिवेदन, सन् १९५० को सन्धि पुनरावलोकनलगायत विषयमा छलफल हुनेछ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार बैठकमा सुस्ता र कालापानीबाहेक दुई देशको सीमांकन गर्न नौ वर्षअघि गठित नापी विभागका महानिर्देशकस्तरीय बाउन्ड्री वर्किङ ग्रुप (बिडब्लुजी) का विषयमा पनि छलफल हुनेछ ।

बैठकपछि १३२ केभीएका तीनवटा प्रसारण लाईनको दुवै देशका परराष्ट्र मन्त्रीले संयुक्त रूपमा उदघाटन गर्ने कार्यक्रम रहेको छ । तीनवटा प्रसारण लाइनमा भारतको बिहार प्रदेशसँग जोडिने रक्सौल–परवानीपुर प्रसारण लाइन, कुशाहा–कटैया प्रसारण लाइन र भारतको उत्तर प्रदेशसँग जोडिने नौतनवा–मैनाहिया प्रसारण लाइनको उदघाटन हुने भएको छ ।

यसअघि ऊर्जा मन्त्रालयमा दुई देशका ऊर्जा सचिवले दीर्घकालीन विद्युत व्यापार सम्झौतामा हस्ताक्षर गरेका छन् । भारतको ऊर्जा मन्त्रालयका सचिव पंकज अग्रवाल र नेपालको ऊर्जा मन्त्रालयका सचिव गोपाल सिग्देलले उक्त सम्झौतामा हस्ताक्षर गरिसकेका छन् ।

संयुक्त आयोगको बैठकपछि त्यसलाई सार्वजनिक गरिने जनाइएको छ । यस्तै काठमाडौंस्थित भारतीय दूतावासले सिधै लगानी गर्ने अनुदानको रकम बढाउने समझदारी पनि हुँदैछ । यसअघि साना विकास कार्यक्रमको नाममा आइरहेको उक्त अनुदानलाई भारतीय दूतावासले हाई इम्प्याक्ट कम्युनिटी डेभलपमेन्ट कार्यक्रम (एचआईसीडीपी) नाम दिएर सञ्चालन गरिरहेको छ ।

तीन करोडबाट सुरु भएको उक्त कार्यक्रमममा अहिले सिधै २० करोडसम्म लगानी गर्न पाउने गरी मन्त्रिपरिषदबाट निर्णय गरिसकेको छ ।

संयुक्त आयोगको बैठक तीन वर्षपछि बस्न लागेको हो । नेपालले बैठक गर्न भारतलाई निरन्तर आग्रह गर्दै आए पनि बस्न सकेको थिएन । पछिल्लो पटक आयोगको छैटौं बैठक ०७७ को माघ १ र २ मा नयाँदिल्लीमा भएको थियो ।

onlinekhabar


काठमाडौं

बिहिबार, साउन २, २०८२

२१.९८°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

सरकारले एक वर्षमा भ्रष्टाचार, घुसखोरी र जनविरोधी कामको नांगो...

टिआरसी विधेयक पास गर्नुबाहेक सरकारले अरु कुनै राम्रो काम...

पार्टीमा कोतपर्व जस्तै अनुशासन पर्व चलाइयो, यो गलतः गगन...

नवराज सुवेदीको प्रतिक्रियाः अध्यक्ष लिङदेनको स्वेच्छाचारिता रोक्न निर्वाचन आयोग...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

च्यातिदेऊ त्यो प्रेम पत्र !

च्यातिदेऊ त्यो प्रेम पत्र !जो सँगालेर राख्नलाईकुनै विशेष छैनजो हिफाजत गर्नलाईकुनै किमती छैनजो अटाएर राख्नलाईकुनै स्थान छैनजसको न कुनै मोल...

विचार

नास्तिकता: विवेक, विज्ञान र मानवतामा उन्मुख चेतनाको यात्रा

“नास्तिक हुनु भनेको केवल ईश्वरको अस्तित्व अस्वीकार गर्नु होइन, त्यो हो भ्रमको अवसान र विवेकको उदय हो। यो एउटा सरल...

विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

टेक विसी र विमला लामाको स्वरमा लोक–पप गीत ‘छमिया’...

मुस्ताङमा छायांकन गरिएको ‘मिस कास्की नेपाल’ को म्युजिक भिडियो...

ज्योतीराजको ‘नाकछोङ’ फष्टलुक्स सार्वजनिक, फष्टलुक्समा यस्तो देखियो ‘नाकछोङ’

फिल्म ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन