fbpx

‘हस्तकला नेपालको निर्यातमा नेतृत्वदायी क्षेत्र बन्नसक्छ’:- मधुकुमार मरासिनी

author

समाचारपाटी

१ year अगाडि

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले हस्तकला नेपालको निर्यातमा नेतृत्वदायी क्षेत्र बन्नसक्ने बताउनुभएको छ ।

मंगलवार नेपाल हस्तकला महासंघले आयोजना गरेको हस्तकला वस्तुहरु निर्यातका समस्या र समाधान विषयक गोष्ठीमा बोल्दै सचिव मरासिनीले यस्तो बताउनुभएको हो । उहाँले नेपालबाट विदेशमा निर्यात गर्नसक्ने धेरै वस्तुहरु रहेको भन्दै हस्तकला त्यसको नेतृत्वदायी क्षेत्र बन्नसक्ने सम्भावना रहेको बताउनु भयो । उहाँले सरकारले पनि प्राथमिकतामा राखेर उत्पादन वृद्धि गर्नसके निर्यातको नेतृत्व हस्तकला क्षेत्रले गर्ने दाबी गर्नुभयो । सचिव मरासिनीले हस्तकला परिवार,किसान,महिला र साना उद्यमीहरुसँग जोडिएको बताउनु भयो । उहाँले नेपालीहरु वैदेशिक रोजगारीको लागि भौंतारिएर विदेश गइरहेको बेलामा गाउँघर र समुदायमा नै थोरै शिक्षाबाट पनि उद्यमशिल बन्नसक्ने क्षेत्र हस्तकला भएको बताउनु भयो । उहाँले हस्तकलाका वस्तुहरु उत्पादन गरी विदेश निर्यात गर्नसके मात्रै मुुलुक आत्मनिर्भर बन्नसक्ने सम्भावना रहेको उल्लेख गर्नुभयो । उहाँले सरकारले निर्यातमा नगद अनुदान पनि दिइरहेको  बताउनु भयो । उहाँले विदेश जाँदा र नेपालमा विदेशी पाहुनाहरु आउँदा नेपाली हस्तकलाको प्रयोग गर्न थालिएको बताउनु भयो । उहाँले हस्तकला बनाउने कालिगढहरुको अभाव भएर भारतबाट ल्याउनुपर्ने अवस्थाको अन्त्य गर्नको लागि नेपाली युवाहरुलाई तालिमको व्यवस्था गर्नुपर्ने अवश्यकता औंल्याउनु भयो ।

उहाँले भन्नुभयो,‘ हस्तकला नेपालको विदेश निर्यात गर्ने लिडिङ क्षेत्र हुनसक्छ । नेपालले केही मुख्य वस्तुहरु निर्यात गर्नसक्छ । त्यसमध्ये नेतृत्वदायी क्षेत्र हस्तकला बन्नसक्छ । यो क्षेत्रको फाइदा परिवार,किसान,महिलासँग जोडिएको छ । नेपालीहरु वैदेशिक रोजगारीको लागि भौंतारिएर लाखौं युवाहरु विदेश गइरहेको बेलामा घरगाउँ र समुदायमा नै थोरै शिक्षाबाट पनि उद्यमशिलताका साथै आत्मनिर्भर अर्थतन्त्र बनाउन सक्ने सम्भावना छ । सरकारले यसलाई प्राथमिकता दिनुपर्छ । सरकारले निर्यातमा नगद अनुदान पनि दिइरहेका छौं । विदेश जाँदा र नेपालमा विदेशी पाहुनाहरु आउँदा नेपाली हस्तकलाको प्रयोग गर्न थालिएको छ । हस्तकला बनाउने कालिगडहरुको अभाव भएर भारतबाट ल्याउनुपर्ने अवस्था रहेको सुन्छु । नेपाली युवाहरु २५ हजार तलबको लागि लाखौं रकम बुझाएर अरब जाने नेपालमा कामदार नहुने कमजोरी कसको हो । राज्यको कि व्यवसायीहरुको हो । सरकारले उद्यमशील गर्नेहरुलाई तालिमको लागि रकम छुट्याएको हुन्छ । त्यसबाट हस्तकला महासंघले सहकार्यमा कालिगढहरुलाई हस्तकला तालिम दिऔं ।’

उहाँले नेपाली युवाहरु २५ हजार तलबको लागि लाखौं रकम बुझाएर अरब जाने र नेपालमा कामदार नहुने अवस्था रहेको भन्दै यो कमजोरी सरकार र निजी क्षेत्र दुवैको भएको बताउनु भयो । उहाँले हस्तकला महासंघको सहकार्यमा कालिगढहरुलाई हस्तकला तालिम दिन सरकार तयार रहेको बताउनु भयो । 


काठमाडौं

बुधबार, मंसिर २६, २०८१

११.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविलाई पोखरा लैजाँदा दुर्व्यवहार नभएको प्रहरीको दाबी

चीन भ्रमणले नेपालमा लगानीका सम्भावनालाई थप बलियो बनायो: अध्यक्ष...

बाबुराम भट्टराई र रवि लामिछानेबीच भेट, राजनीतिक प्रतिशोधको आरोप

१८ महिना सरकार चलाएर देउवालाई सत्ता हस्तान्तरण गर्ने ओलीको...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक