fbpx

हातमा हुने सबैखाले रोगको सैद्धान्तिक ज्ञान अनुकुलन बनाउन काठमाडौंमा ह्याण्ड सर्जनको भेला

author

समाचारपाटी

१२ महिना अगाडि

हातमा हुने सबैखाले रोगहरुको सैद्धान्तिक ज्ञान अनुकुलन बनाउन काठमाडौंमा ह्याण्ड सर्जनहरुको भेला शुरु भएको छ । 


शनिवार काठमाडौंमा नेपाल ह्याण्ड सर्जरी सोसाइटीको आयोजनामा ह्याण्ड सर्जनहरुको भेला शुरु भएको हो । नयाँ पुस्ताका ह्याण्ड सर्जनहरुलाई एक ठाउँमा ल्याउन र नेपालको अवस्था र उपचारका उपायहरुको बारेमा छलफल गर्न सम्मेलन गरेको डा. शिलु श्रेष्ठले बताउनु भयो । उहाँकाअनुसार ह्याण्ड सर्जरी सोसाइटीमा अर्थोपेडिक सर्जन, प्लास्टिक सर्जन, जेनेरल सर्जन वा जो कसैले पनि ह्याण्ड सर्जरीको बारेमा विशेष तालिम लिएको व्यक्ति हुन आवश्यक हुन्छ । उहाँले पातादेखि औंलासम्मको कुनैपनि अवस्थाको उपचार गर्नु नै ह्याण्ड सर्जरी भएको बताउनु भयो । उहाँले विभिन्न किसिमले दुर्घटनामा परी चोटपटक लागेर हातमा घाउ हुने,  त्यसको उपचार गर्नुलाई ह्याण्ड सर्जरी विधा भनिने बताउनु भयो । नेपालमा विभिन्न दुर्घटनाहरुमा सबैभन्दा बढी हातमा चोटपटक लाग्ने र भएकाले यस सम्बन्धी व्यवहारिक ज्ञान सबैमा बुझाउनुपर्ने उद्देश्य राखेर कार्यक्रम गरेको बताउनु भयो । नेपालमा दुर्घटनाको दर धेरै छ । त्यसमा पनि हातमा लाग्ने चोट सबैभन्दा प्रमुख मानिन्छ । यो भेलाले नेपालमा गरिएको अभ्यास र विश्वमा उपलब्ध प्रविधि तथा नयाँ ज्ञानबारे पुराना एवं नयाँ नेपाली ह्याण्ड सर्जनहरुलाई बुझाउनु आवश्यक भएकाले छलफल गरिएको बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘नेपाल ह्याण्ड सर्जरी सोसाइटी भनेको हामीले भर्खर दर्ता गरेको सोसाइटी हो । ह्याण्ड सर्जन भनेको यो अर्थोपेडिक सर्जन अथवा प्लास्टिक सर्जन, जेनेरल सर्जन जसले स्पेशल ट्रेनिङ लिएको हुन्छ, ह्याण्ड सर्जरी गराउनको लागि । उनीहरुको लागि ग्रुप एशोसिएशन हो । जसले पनि ह्याण्ड सर्जरी भनेको के हो ? भनेर सोध्नुहुन्छ । ह्याण्ड सर्जरी भनेको माथि पातादेखि औंलासम्मको कुनैपनि कण्डिसनहरुलाई ट्रिटमेण्ट गर्नु नै ह्याण्ड सर्जरी हो । जन्मजातै कुनै समस्या भएर जन्मिएको छ की, त्यसको लागि त सबैभन्दा राम्रो ट्रमा नै हो । विभिन्न किसिमले दुर्घटनामा परी चोटपटक लागेर हातमा घाउ हुने,  त्यसको उपचार गर्नुलाई ह्याण्ड सर्जरी विधा भनिन्छ । त्यसको लागि एउटा प्रिन्सिपल चाहिने भएकाले यसमा एउटा विभिन्न विशेष ट्रेनिङ गरेर आएको मानिसहरुको ग्रुप होस्, त्यो ग्रुपले समयमा यस्ता कार्यक्रम गरोस् जसले योङ ह्याण्ड सर्जनहरुले थाहा पाओस्, अझै लर्न गर्ने मौका र प्ल्याटफर्म पाओस् भन्ने हिसावले यो कार्यक्रम गरेका हौँ । नेपालमा यो झनै महत्वपूर्ण छ ।’

उहाँले नेपाल ह्याण्ड सर्जरी सोसाइटीले आगामी दिनमा पनि कार्यक्रम गर्दै जाने बताउनु भयो । गोष्ठीमा चीन लगायतका विभिन्न देशका ह्याण्ड सर्जनहरुको पनि उपस्थिति रहेको थियो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

शुक्रबार, चैत्र ७, २०८१

२३.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

आरआर क्याम्पसमा चैत १६ गते स्ववियु चुनाव

दार्चुलामा स्ववियु अध्यक्षमा दलित महिला निर्वाचित

स्ववियु चुनाव कहाँ के भयो

मेची बहुमुखी क्याम्पसमा नेविसंघ विजयी

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन