काठमाडौं । साताकाे अन्तिम काराेबार दिन शुकबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार शुक्रबार सुनको मूल्य तोलामा १ हजार ३ सय र चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेको छ ।
शुक्रबार छापावाल सुनको मूल्य एक लाख ३ हजार ६ सयमा काराेबार भएकाे छ भने, तेजावी सनुको मूल्य एक लाख ३ हजार एक सय र चाँदीको मूल्य तोलामा १ हजार २ सय ९० रुपैयाँ तोकिएको छ ।
बिहीबार सुनको मूल्य एक लाख ४ हजार ९ सय, तेजावी सुनको मूल्य एक लाख ४ हजार ४ सय र चाँदीको मूल्य १ हजार ३ सय २० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।