काठमाडौं । शुक्रबार सुनको मुल्य तोलामा १२ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि प्रतितोला १ लाख ५३ हजार रुपैयाँ मूल्य तय गरेको छ । अघिल्लो दिन सुन १ लाख ५४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै चाँदीको भाउ ६५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १९२५ रुपैयाँ रहेको चाँदी यस दिन १८६० रुपैयाँमा झरेको छ ।