काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ। साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्य प्रतितोला १५ सय रुपैयाँले बढेको हो।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार छापावाल सुन १ लाख ४६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
सुनको मूल्य बढेसँगै चाँदी पनि बढेको छ। आज चाँदी प्रतितोला १७३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बिहीबार चाँदी प्रतितोला १६९० रुपैयाँमा कारोबार भएको थियो।