काठमाडौं । नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य आज दुई सय रुपैयाँले घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज २ सय रुपैयाँले घटेर प्रतितोला सुनको मूल्य १ लाख ४९ हजार ७ सय रुपैयाँ तोकिएको छ।
अघिल्लो कारोबारको अन्तिम दिन शुक्रबार प्रतितोला सुन १ लाख ४९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। तेजाबी सुन १ लाख ३७ हजार ७ सय २५ रुपैयाँ पुगेको छ। सुनको मूल्य घटेसँग चाँदी पनि घटेको छ। यसदिन चाँदी प्रतितोला १ हजार ७ सय ८५ रुपैयामा कारोबार भइरहेको महासंघले जनाएको छ। शुक्रबार चाँदी प्रतितोला १ हजार ७ सय ९५ रुपैयाँमा खरिदबिक्री भएको थियो।