काठमाडौं । साताकाे पहिलाे दिन सुनको मुल्य तोलामा २ सय रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ४१ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनकाे मुल्य आइतबार १ लाख ४२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि जेठ २५ गते सुन हालसम्मकै उच्च १ लाख ४५ हजार रुपैयाँ पुगेको थियो । महासंघका अनुसार चाँदीको भाउ भने स्थिर रहेको छ । तोलाको १ हजार ७ सय ९० रुपैयाँमा चाँदीको कारोबार भएको छ ।