काठमाडौं । आज छापावाल सुनको मूल्य घटेकाे छ । अघिल्लो कारोबार दिन बिहीबारको तुलनामा आज १२ सय रुपैयाँले सुनकाे मुल्य घटेकाे हो।
बिहीबार प्रतितोला १ लाख १ हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य १२ सय रुपैयाँले घटेर आज प्रतितोला एक लाख तीन सय रुपैयाँमा कारोबार भइरहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला ९९ हजार आठ सय कायम गरिएको छ।
यस्तै चाँदीको मूल्य १५ रुपैयाँले घटेर प्रतितोला १ हजार १ सय ९०रुपैयाँ कायम भएको महासंघले जनाएको छ।