काठमाडौं । शुक्रबार आज सुनकाे मुल्यमा वृद्धि भएकाे छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज एकै दिन सुनको मूल्य तोलामा एक हजार र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । सुनको मूल्य प्रतिताेला ९९ हजार एक सय रुपैयाँ पुगेको छ ।
छापावाल सुनको मूल्य आज ९९ हजार एक सय, तेजावी सुनको मूल्य ९८ हजार ६ सय र चाँदीको मूल्य १३ सय ४५ रुपैयाँमा काराेबार भएकाे छ ।
बिहीबार सुनको मूल्य ९८ हजार एक सय, तेजावी सुनको मूल्य ९७ हजार ६ सय र चाँदीको मूल्य १३ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।