काठमाडौं । आज साताकाे पहिलाे दिन आइतबार सुनचाँदी बजारमा सुनकाे मुल्य वृद्धि भएकाे छ । आज प्रतितोला एक हजारले वृद्धि भएकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार छापावाल सुनको मूल्य प्रतितोला एक लाख तीन हजार तीन सय तोकिएको छ। अघिल्लो दिन प्रतितोला एक लाख दुई हजार तीन सयमा कारोबार भएको थियाे ।
आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख दुई हजार आठ सयमा काराेबार भएकाे छ। यसको मूल्य अघिल्लो दिन एक लाख एक हजार आठ सय थियो। त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा १५ ले बढेर प्रतितोला एक हजार तीन सय ८० पुगेको महासङ्घले जनाएको छ।