fbpx

एनआरएनए र नेपाल भूतपूर्व खेलाडी मञ्च बीच तीन वर्षे सम्झौता, सात लाख ५० हजार प्रदान

author

समाचारपाटी

१ year अगाडि

पोखरा । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भुतपुर्व खेलाडी मञ्च र गैर आवाशिय नेपाली संघ (एनआरएनए आइसीसी) बीच तीन बर्षे सम्झौता भएको छ । मञ्चले आयोजना गर्ने सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनका लागि एनआरएनए सँग तीन वर्षका लागि प्रायोजन सम्झौता भएको हो ।

पोखरामा मंगलबार आयोजित एक कार्यक्रमका बिच दुई पक्षले सम्झौता गरेका छन् । सम्झौता सँगै आगामी फागुन ५ गते हुने १८ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनदेखि आगामी तीन वर्षका लागि सहयोग गर्ने सम्झौता भएको छ । सो रकम वापत एनआरएनले म्याराथनका लागि आवश्यक सेन्सर वोर्ड खरिद समेत गरेर मञ्चलाई हस्तान्तरण गरिसकेको छ । म्याराथन रुटमा हुने तीन सेन्सर बोर्ड मध्ये एनआरएनएले एक थान उपलब्ध गराउने भएको हो ।

एनआरएनएको तर्फबाट एनआरएनए आईसिसी सदस्य तथा गोर्खा वेल्फेयर टाक्स फोर्सका अध्यक्ष ले.रि चन्द्र गुरुङ र मञ्चको तर्फबाट अध्यक्ष हरिप्रसाद पराजुलीले सम्झौता–पत्र आदान प्रदान गरेका थिए । सम्झौता अनुसार एनआरएनएले हरेक वर्ष ७ लाख ५० हजार रुपैयाँ प्रदान गर्नेछ ।

सम्झौता पश्चात बोल्दै एनआरएनए आईसिसी सदस्य तथा गोर्खा वेल्फेयर टाक्स फोर्सका अध्यक्ष ले.रि.चन्द्र गुरुङले सुरुवाती तीन वर्षका लागि जोडिएपनि यसले त्यसपछि समेत निरन्तरता पाउने प्रतिबद्धता व्यक्त गर्नुभयाे । उहाँले आफुहरु पोखरा म्याराथनसँग यस अघि पनि जोडिएको तर बिचमा विविध कारणले छुटेको र पुनः जोडिन पाउँदा खुसी लागेको बताउँदै सफल पोखरा म्याराथनको भविष्य निकै उज्यालो रहेको कारण भविष्यमा यसले विश्वकै उत्कृष्ट म्याराथनको रुपमा परिचित हुनेमा आफुहरु आशावादी रहेको बताउनुभयाे । एनआरएनले पोखरा म्याराथनमा विजेता हुने नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताका लागि सहयोग गर्ने र आगामी दिनमा एनआरएनएको टिम समेत प्रतिस्पर्धीको रुपमा पोखरा म्याराथनमा सहभागिता हुने जनाउनुभयाे ।

मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले एनआरएनए सँग १४ वर्षपछि पुनः भेट भएको बताउँदै आगामी तीन वर्षका लागि प्रायोजन सम्झौताले म्याराथन सफल बनाउन महत्वपूर्ण भूमिका रहने बताउनुभयाे । पोखरा म्याराथनको व्यवस्थापनको पाटो निकै कठिन भएको र त्यसका लागि एनआरएनएले प्राविधिक रुपमा समेत सहयोग गर्दा थप टेवा पुगेको उहाँको भनाई थियो ।

कसरी भयो तीन बर्षे सम्झौता
१४ वर्ष पछि इतिहास दोर्याउँदै एनआरएनए पुनः पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा जोडिने सन्दर्भका बारेमा आफ्ना भनाई राख्दै मञ्चका निवर्तमान अध्यक्ष तेज बहादुर गुरुङले यसको श्रेय एनआरएनए यूकेका पूर्व अध्यक्ष एवं एआरएनए आइसीसीका सल्लाहकार सूर्य गुरुङलाई दिन्छन् । सूर्य गुरुङ कुनै बेला पोखरा रंगशालाको पर्खाल निर्माणका यूके संयोजक समेत् थिए । उनकै पहलमा एआरएनए आइसीसीका अध्यक्ष डा.बद्री केसी, उपाध्यक्ष हेमराज शर्मा, उपाध्यक्ष एवं स्पोर्टस टास्क फोर्सका अध्यक्ष रोशन कार्की, महासचिव गौरी जोशी र सदस्य ले.रि चन्द्र गुरुङ बीच भएको लामो छलफल पछि एआरएनए आइसीसी पोखरा अन्तर्राष्ट्रिय म्याराथन संग जोडिएको हो । “यो निकै लामो छलफल थियो” निवर्तमान अध्यक्ष गुरुङले भन्नुभयाे–“यसले समग्रमा विश्वभरी छरिएर रहेका नेपाली र उहाँका परिवारहरुलाई वर्षको एक पटक पोखरा म्याराथनमा सहभागिता जनाउने मात्रै नभई प्रतिस्पर्धीको रुपमा सहभागिता हुनेछ ।”

उक्त कार्यक्रममा एनआरएनए आईसीसीका सदस्य हितमान गुरुङ, एनआएन युकेका पुर्व अध्यक्ष मुक्षेत्र गुरुङ, ले।रि।कुशाङ गुरुङ, सहारा युकेका अध्यक्ष कृष्ण गुरुङ, सहारा युके पुर्व अध्यक्ष कुमार गुरुङ र सल्लाहकार योगेश गुरुङको सहभागिता रहेको थियो । कार्यक्रममा संस्थापक अध्यक्ष खड्ग रानाभाट, द्वितिय उपाध्यक्ष खेम गुरुङ लगायतको सहभागिता रहेको थियो ।

गण्डकीतर्फको म्याराथनको प्रथम पुरस्कार रानाभाट परिवारले सौजन्य गर्ने
म्याराथनमा गण्डकी प्रदेशतर्फ प्रथम हुने खेलाडीका लागि मञ्चका संस्थापक अध्यक्ष खड्ग रानाभाटको परिवारले प्रायोजन गर्ने भएको छ । मंगलबार नै उनले आफ्नी श्रीमती मणिपाल शिक्षण कलेजकी प्रमुख सकुसिंह रानाभाटको तर्फबाट प्रायोजन गर्ने भएका हुन् ।


काठमाडौं

मङ्लबार, चैत्र ११, २०८१

२६.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

संविधानप्रति पूर्ण प्रतिवद्ध छौँः नेपाली काँग्रेस

आजबाट प्रेस चौतारीको महाधिवेशन, महाधिवेशनको उद्घाटन शंखर पोखरेलले गर्ने

देश असफलताको दिशामा अग्रसर छ, खबरदारी गरौँः राजेन्द्र लिङदेन

सत्ताको बागडोर सम्हाल्नेको कुकृत्यका कारण लोकतान्त्रिक गणतन्त्र धरापमाः झलनाथ...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...