नेपाल सेमिफाइनलमा समेटियो

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । काजाकस्तानसँग पाँचौं सेटमा सम्हालिएको प्रदर्शन गर्न नसक्दा नेपाल काभा वुमन्स च्यालेन्ज कप भलिबलको सेमिफाइलनमा सिमिति भएको छ । 


त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेप को कभर्डहलमा सम्पन्न दोस्रो सेमिफाइनल खेलमा नेपालले काजाकस्तानसँग ३–२ को सेटमा पराजित भएसँगै सेमिफाइनलमा समेटिएको हो । यससँगै नेपालको अन्तर्राष्ट्रिय उपाधिमा ह्याट्रिक गर्ने अवसर गुमेको छ । सेन्ट्रल एशियन भलिबल संघको यसअघिका दुई प्रतियोगितामा नेपालले उपाधि जितेको थियो ।  

निकै प्रतिष्पर्धात्मक बनेको खेलमा नेपाल पहिलो सेटमा नेपालले प्रतिष्पर्धात्मक ३०–२८ ले गुमाएको थियो । त्यसपछिका दुई सेटमा नेपालले उत्कृष्ट पुनरागमन गर्दै  क्रमसः २५–१६ र २५–१५ ले जित्दा नेपालको एकपक्षीय प्रदर्शन रहेको थियो ।

चौथो सेटमा नेपालले अघिल्ला दुई सेटमा बनाएको लयलाई निरन्तरता दिन सकेन । शुरुवातदेखि नै लामो अग्रता बनाएको काजाकस्तानले यो सेट २५–१८ ले जित्यो । अनुभव र एक्स्पोजरमा पछि परेको नेपाल अन्तिम तथा निर्णायक सेटमा पहिलो अंक लिएर अग्रता बनाए पनि त्यसपछि लगातार काजाकस्तानले अंक जोड्न सफल रह्यो । अन्ततः १५–७ ले नेपालले खेल गुमाउन पुग्यो । जितसँगै अब उपाधिका लागि काजाकस्तान र भारत भिड्ने भएका छन् ।

क्रवारै भएको पहिलो सेमिफाइनलमा भारतले उज्वेकिस्तानलाई ३–० को सोझो सेटमा पराजित गरी फाइनलमा स्थान बनाएको थियो । नेपालले भने तेस्रो स्थानका लागि उज्वेकिस्तानसँग खेल्नुपर्ने भएको छ । प्रतियोगिताको तेस्रो स्थान र फाइनल खेल आईतवार हुनेछ ।


काठमाडौं

बिहिबार, जेष्ठ ९, २०८२

२२.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘हामी देश बनाउन नसक्ने होइनौं, हामी अल्मलिएका छौं’:-शेखर कोईराला

राप्रपा सांसद कार्कीको कटाक्षः काँग्रेस सांसदहरु प्रधानमन्त्री खोज्न जानुभयो...

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः सांसद...

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘के घर के डेरा : घर नं २’:...

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन