काठमाडौं। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको कारण कुनैपनि ठाउँमा चक्रपथ बिस्तारमा समस्या नरहेको स्पष्ट पार्नुभएको छ ।
बिहीवार दोस्रो चरणको चक्रपथ बिस्तार अन्तर्गत कलंकी–बसुन्धारा सडक खण्डकको अवलोकनका लागि उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदुत छन सङसँगै अनुगमन एवं निरीक्षणका लागि त्यहाँ पुग्नुभएका उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले कलंकी बसुन्धारा सडक खण्डमा अब १५ वटा पोल जति हटाउन बाँकी रहेको र ति पोलहरु १५ दिन भित्रमा हटाइसक्ने बताउनु भयो । उहाँले विद्युत प्राधिकरणको कारण कुनैपनि ठाउँमा चक्रपथ बिस्तारको लागि समस्या नरहेको स्पष्ट पार्नुभयो ।