नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पछिल्लो समय चार्जिङ स्टेसनमा मात्रै दैनिक १ लाख युनिट विद्युत खपत भइरहेको बताउनुभएको छ ।
मंगलवार ललितपुरमा साझा यातायातको चार्जिङ स्टेसन उद्घाटन कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक घिसिङले यस्तो बताउनुभएको हो । उहाँले चार्जिङ स्टेसनमा मात्रै दैनिक १ लाख युनिट विद्युत खपतबाट करिव दुई करोडको डिजेल र पेट्रोल प्रतिष्थापन गर्ने गरेको बताउनु भयो । उहाँले यही ट्रेडमा विद्युत खपत हुँदा भविष्यमा ५ खर्बको आयातलाई प्रतिष्थापन गर्नसक्ने दाबी गर्नुभयो । उहाँले चार्जिङ स्टेसनको माग पछिल्लो समय अत्याधिक रुपमा वृद्धि भएको बताउनु भयो । घिसिङले देशभरका नगरपालिका,स्थानीय निकाय,अस्पताल र निजी क्षेत्रबाट विद्युतीय चार्जिङ स्टेसन राख्न माग आइरहेको बताउनु भयो । उहाँले काठमाडौं उपत्यकामा भन्दा पनि बाहिर रुटहरुमा विद्युतीय सवारी साधन धेरै गुड्ने गरेको बताउनु भयो । उहाँले नेपालको सार्वजनिक यातायातलाई विद्युतीय बनाउनको लागि चार्जिङ पूर्वाधारको जरुरी रहेको बताउनु भयो । उहाँले अहिले निजी क्षेत्रसहित ४ सय वटा चार्जिङ स्टेसन जडान भएको भएको भन्दै चार्जिङ स्टेसनमार्फत करिव हजार भन्दा बढी माइक्रोबसहरु देशभर चलिरहेका दाबी गर्नुभयो। उहाँले करिब ७० प्रतिशत मात्रै रिप्लेसमेन्ट भयो भने नेपालको व्यापार घाटालाई ठूलो योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले विद्युतीय बस सञ्चालन पछि साझा यातायात पनि फाइदामा आउँने दाबी गर्नुभयो । उहाँले विद्युतीय बस डिजेलबाट १० देखि १५ गुणा सस्तो रहेको बताउनु भयो। उहाँले अप्रेशन कष्ट १० गुणा सस्तो हुँदा पनि फाइदामा नआउने भन्ने नहुने बताउनु भयो।
उहाँले भन्नुभयो,‘अहिले देशभरका नगरपालिका,स्थानीय निकाय,अस्पताल र निजी क्षेत्रबाट विद्युतीय चार्जिङ स्टेसन राख्नुप¥यो भनर माग आइरहेको अवस्था छ । यो महत्वपूर्ण छ । हाम्रो ट्रान्सपोटेशनलाई इलेक्टिफाइ गर्नको लागि चार्जिङ इन्फाइन्टक्चर एकदमै जरुरी छ । अहिले निजी क्षेत्रसहित ४ सय वटा चार्जिङ स्टेसन जडान भएको छ । चार्जिङ स्टेसन मार्फत माइक्रोबसहरु करिव हजार भन्दा बढी देशभर चलिरहेका छन् । काठमाडौंमा भन्दा पनि बाहिरी रुटहरुमा धेरै सार्वजनिक बसहरु विद्युतीय चलि रहेको छ । धुलिखेल बर्दिबास रुटमा प्राय सबै माइक्रोहरु चलेको अवस्था छ । चार्जिङ स्टेसनमा मात्रै दैनिक १ लाख युनिट खपत हुँदो रहेछ । त्यसले दिनका करिब दुई करोडको डिजेल पेट्रोल रिप्लेस गर्छ । यो ठूलो कुरा हो । एकदमै वृद्धि हुने ट्रेडमा छ । भविष्यमा ५ खर्बको आयातलाई रिप्लेस गर्ने छ । करिव ७० प्रतिशत मात्रै रिप्लेसमेन्ट भयो भने पनि नेपालको व्यापार घाटालाई योगदान पुग्ने छ । साझा यातायात पनि फाइदामा आउँछ भन्ने लाग्छ । किन भने विद्युतबाट डिजेलबाट भन्दा कम्तिमा १० गुणा नभए १५ गुणा सस्तो छ । अप्रेशन कष्ट १० गुणा सस्तो हुँदा पनि फाइदामा आउँदैन भन्न सकिँदैन । विद्युतीय ट्याक्सीबाट मासिक रुपमा डेढ लाखसम्म कमाइरहेको छ । विद्युतीय ट्याक्सी १८० किलोमिटर फुलचार्जमा गुड्छ भने पेट्रोलबाट १८० किलोमिटर गुड्न ३ हजार ५ सय रुपैयाँको लाग्ने रहेछ । विद्युतीय ट्याक्सी १०६ रुपैयाँमा चार्ज हुन्छ । सरकारले पुराना बसहरु चलिरहेकाले रिप्लेसमेन्टको नीति ल्याउनुपर्छ । विद्युतीय बसमा प्रतिस्थापन गर्न केही सुविधा दिनुपर्छ । केही ट्याक्सीहरुलाई मात्रै मनोपोली हिसाबले सहमति दिएको भन्ने आएको छ । राम्रो ट्याक्सीको गुणस्तर तोकेर रिप्लेसमेन्ट दिनुपर्छ । विद्युतमा कुनै समस्या छैन ।’
उहाँले सरकारले विद्युत खपत बनाउन पुराना बसहरु चलिरहेकाले रिप्लेसमेन्टको नीति ल्याउन आवश्यक रहेको बताउनु भयो । उहाँले विद्युतीय बसमा प्रतिस्थापन गर्न केही सुविधा दिनुपर्नेमा जोड दिनुभयो । उहाँले केही ट्याक्सीहरुलाई मात्रै मनोपोली हिसाबले सहमति दिन नहुने बताउनु भयो ।
—न्युज एजेन्सी नेपाल