‘सकारात्मक सोच राखेर गरिने योजनामात्र सफल हुन्छ’ :-प्रमुख आशिष कार्की

author

समाचारपाटी

२ years अगाडि

पोखरा। नेपाल खानेपानी संस्थान पोखरा शाखाका कार्यालय प्रमुख ई. आशिष कार्कीले कार्यरत कर्मचारीलाई अनुशासित र सकारात्मक हुन आग्रह गर्नुभएकाे छ । नेपाल खानेपानी संस्थान कर्मचारी संघ इकाई समिति पोखराद्वारा आयोजित क्षमता अभिबृद्धि तथा नेतृत्व विकास तालिम समापनका अवसरमा प्रमुख अतिथि कार्कीले सकारात्मक सोच राखेर गरिने योजनामात्र सफल हुने बताउनुभयाे ।

इकाई समितिका अध्यक्ष अनिल शर्मा सुवेदीको अध्यक्षतामा भएको धान दिवस तथा असारे १५ का दहि चिउरा खाने दिनको अवसरमा नेपाल खानेपानी संस्थान सञ्चालक समितिका सदस्य नारायणी जिसीले कृषि क्षेत्रमा हरेक वर्ष नयाँ नारा दिए पनि कार्यान्वयन नहुने गरेको धारणा व्यक्त गर्नुभयाे ।

कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेसकी नेतृ एवं नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि कुलदेवी बरालले कार्यक्षत्र नै खेत भएको टिप्पणी गदर्लै श्रमिकका मुद्धामा सवै एक भएर लाग्नु पर्ने बताउनुभयाे । खानेपानीमा कार्यरत कर्मचारीको समस्या समाधान गर्न आफू चनाखो भएर लाग्ने उल्लेख गर्नुभयाे । कार्यक्रममा नेपाल खानेपानी संस्थान कर्मचारी संघका केन्द्रीय अध्यक्ष केदार धमलाले व्ययवस्थानसँग भएको २७ बुँदे सम्झौता कार्यान्वयनको माग गर्दैै विनियमावली प्राप्तिमा ढिलाई हुनु व्यवस्थानको सुस्तता भएको बताउनुभयाे । अध्यक्ष धमलाले ‘संस्थान खारेज गर्ने की ?, अव्बल र सक्षम कार्यालय निर्माण गर्ने भन्ने कुरा कार्यरत आम कर्मचारी नै भएको बताउनुभयाे ।

तहगत समस्या देखाएर विनियमावली ल्याउन नसक्नु सिंगो सञ्चालक समिति र व्यवस्थापन दोषी भएको टिप्पणी गर्नुभयाे । कार्यक्रममा नेपाल सार्वजनिक सेवा कर्मचारी संघ कास्की अध्यक्ष प्रमिला सुवेदी, नेपाल खानेपानी संस्थान हेम्जा शाखाका प्रमुख ई. सन्तोषकुमार दास, नेपाल खानेपानी संस्थान कर्मचारी संगठनका महासचिव वसन्तराज भण्डारी, कर्मचारी संघ इकाई समितिका उपाध्यक्ष रेखा केसी, सचिव दिपेन्द्र बानियाँ, कोषाध्यक्ष सिमाना केसी र सदस्य विक्रम बरुवाल लगायतले बोलेका थिए ।

कार्यक्रममा अवकास भएका कर्मचारी मुकुन्दनाथ विडारीलाई विदाई गरिएको पोखरा शाखाका प्रशासन प्रमुख आनन्दप्रसाद रेग्मीले जानकारी दिनुभयाे । कर्मचारी संघद्वारा आयोजित ५ दिने तालिमले कर्मचारीलाई उर्जा थपेको पोखरा शाखाका लेखा प्रमुख पुष्पराज जोशीले जानकारी दिनुभयाे । सहभागीलाई प्रशिक्षक सञ्चारकर्मी दिपेन्द्र श्रेष्ठ, प्रशिक्षक सुनिल मर्सानी, भानु पराजुली र नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले सहजीकरण गरेको संघका सहसचिव विमल तिम्सिनाले जानकारी दिनुभयाे । तालिममा पोखरा तथा हेम्जा शाखाबाट २३ जना कर्मचारीले भाग लिएका थिए ।


काठमाडौं

शनिबार, जेष्ठ ४, २०८२

१८.४७°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

लोकतन्त्र र व्यवस्था विरोधी गलत सामग्री रोक्न दूरसञ्चार सेवा...

सरकारले वातावरण बनाइदिए दश वर्षमा मुलुकको कायापलट हुन्छः उमेश...

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम...

संक्रमणकालीन न्याय छिटो टुंग्याउनुपर्नेमा काँग्रेसको जोड

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन