महाविर पुनका मागप्रति नेपाल घरेलु तथा साना उद्योग महासंघको ऐक्यवद्धता

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा.महावीर पुनले शुरु गरेको अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि सामाजिक आन्दोलन र धर्ना कार्यक्रममा समर्थन र ऐक्यबद्धता प्रकट गरेको छ ।
महासंघका अध्यक्ष उमेशप्रसाद सिंह नेतृत्वको टोलीले धर्ना स्थलमा पुगेर डा. पुन र धर्नारत आविष्कार केन्द्रको टोलीलाई भेटेर आफ्नो संस्थागत समर्थन जनाएको छ ।

धर्ना स्थलमा महासंघका वरिष्ठ उपाध्यक्ष सुर्य कँडेल, महासंघ केन्द्रिय महिला उद्यमी समिति अध्यक्ष  रोशनी उपाध्याय, महासचिव डम्बरप्रसाद रेग्मी, सचिव दिपक बुढालगायतको ऐक्यबद्धताका लागि सहभागिता रहेको थियो ।
आफ्ना मागहरू सहित धर्नामा बसिरहेका महाविर पुन र आविष्कार केन्द्रका टोलीसँगको भेटमा महासंघका अध्यक्ष उमेश प्रसाद सिंहले अनुसन्धान, नवप्रवर्तन र आविष्कार कोष खडा गर्नुपर्ने तथा  अनुसन्धान र नवप्रवर्तनको लागि हरेक वर्ष विकास बजेटको एक प्रतिशत रकम छुट्याउनुपर्ने कुरा महासंघले पनि उठाउँदै आएको भन्दै यसको पूर्ण समर्थन रहेको बताउनुभयो ।

महासंघका अध्यक्ष सिंहले मुलुकको आर्थिक विकास, रोजगारी सिर्जना र समृद्धिका लागि खोज, अनुसन्धान, नवीन सोच र आविष्कार अपरिहार्य विषय भएको बताउँदै पुन र आविष्कार केन्द्रले उठाएका विषय र मागहरू सान्दर्भिक भएको बताउनुभयो । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा.पुनले आफ्नो अभियानमा संस्थागत उपस्थिति र ऐक्यबद्धता जनाएकोमा महासंघको टोलीलाई धन्यवाद दिंदै लघु, घरेलु तथा साना उद्योगहरुमा अनुसन्धान, नवप्रवर्तन र आविष्कारमा सहकार्य गरिने बताउनुभयो ।

उहाँले अनुसन्धान, नवप्रर्वतन र अविष्कार प्रवर्द्धन, सञ्चालन तथा खरिद ऐन बनाउनुपर्ने, अनुसन्धान केन्द्रबाट उत्पादन भएका वस्तुको बजारीकरणका लागि नीति नियम बनाउनुपर्ने, कामलाई सहज बनाउन र आवश्यक अनुसारको नीति नियम बनाउन ‘नवउद्यमी प्रवर्द्धन समिति’ बनाउनुपर्ने, नवउद्यमी बन्न चाहने नेपालीका लागि अनुमति, लाइसेन्स, अनुदान र सहज ऋण उपलब्ध गराउनुपर्ने  आफ्नो माग दोहो-याउनुभयो ।


काठमाडौं

शनिबार, जेष्ठ ४, २०८२

१८.४७°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

लोकतन्त्र र व्यवस्था विरोधी गलत सामग्री रोक्न दूरसञ्चार सेवा...

सरकारले वातावरण बनाइदिए दश वर्षमा मुलुकको कायापलट हुन्छः उमेश...

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम...

संक्रमणकालीन न्याय छिटो टुंग्याउनुपर्नेमा काँग्रेसको जोड

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन