fbpx

एनओसीलाई कारबाही गर्न लोकतान्त्रिक खेलकुद संघको माग

author

समाचारपाटी

३ हप्ता अगाडि

नेपाल लोकतान्त्रिक खेलकुद संघले अवैधानिक ढंगले निर्वाचन भएको नेपाल ओलम्पिक कमिटी (एनओसी) लाई कारबाही गर्न माग गरेको छ । 
आईतवार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै संघले देश कानून नमान्ने जो सुकै भएपनि कारबाहीको दायरामा ल्याउनुपर्ने माग राखेको छ । लोकतान्त्रिक खेलकुद संघले अदालत र देशको कानून नै लत्याउँदै एनओसीको निर्वाचन भएकाले कारबाही गर्नुपर्ने जनाएको हो । लोकतान्त्रिक खेलकुद संघका महासचिव दिपक गुरुङले नेपाली खेलकुदको कार्यकारी निकाय युवा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्ले अदालतको आदेशअनुरूप निर्वाचन नगर्न निर्देशन दिएपनि एनओसीले बेवास्ता गर्दै निर्वाचन गरेको बताए ।

राजनीति आडमा अदालतको आदेश नमान्ने नेपाल ओलम्पिक कमिटीलाई कडाभन्दा कडा कारबाही गर्न महासचिव गुरुङले माग राखेका छन् । साथै उनले आफ्नै संस्थाका सदस्य या आस्था राख्ने जो कोही पनि नेपाल ओलम्पिक कमिटीको उक्त हर्कतमा समावेश भएमा कारबाही हुने पनि विश्वास व्यक्त गरेका छन् । महासचिव गुुुरुङले आफ्नो संस्था र पाटीप्रति आस्था राख्ने केही व्यक्तिलाई निर्वाचनमा सहभागी नहुन चेतावनी दिए पनि अटेर गरेर ओलम्पिकको गलत काममा सहभागी भएको बताए । 

लोकतान्त्रिक संघका उपाध्यक्ष बिजेन्द्र हमाल नेपाली खेलकुदमा देखिएको विकृती र विसंगतिप्रति नेपाल लोकतान्त्रिक खेलकुद संघ सचेत र सजग रहेको बताए । हमालले नेपाली खेलकुदको नेतृत्व गर्ने संघहरुको साझा संस्था नेपाल ओलम्पिक कमिटीले पटकपटक नेपालको कानुन लत्याउने काम गरेको आरोप लगाए । 

नेपाल रग्बी संघसहित चार खेल संघले सदस्यता प्राप्तिका लागि नेपाल ओलम्पिक कमिटीविरुद्ध अदालत उच्च पाटनमा रिट दायर गरेको थियो । उक्त रिट निवेदनमा उपर अदालतले विचाराधीन अवस्थामा कुनै कार्य नगर्नु नगराउन र यथास्थितीमा राख्न आदेश दिएको थियो । साथै कमलबहादुर चित्रकारले सर्वोच्च अदालतमा दिएको निवेदन उपर कार्यवाही भई नेपाल ओलम्पिक कमिटीको नाममा जारी आदेश तथा गत पुस १३ गते हुने भनिएको निर्वाचनलगायत गतिविधि नगर्न अदालतको आदेश भएपनि त्यसलाई लत्याउने काम भएको लोकतान्त्रिक खेलकुद संघले जनाएको छ । 

नेपाल लोकतान्त्रिक खेलकुद संघले अदालतको अपहेना मुद्दामा नेपालका खेलकुद संघहरूलाई पनि कडाभन्दा कडा कारवाही गर्न सरकारलाई आह्वान गरेको छ । लोकतान्त्रिक संघले खेलकुद मन्त्रालय र राखेपले कारबाही नगरे आफूहरूले अन्य दबाबपूर्ण कार्यक्रम राख्ने बताए ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

शनिबार, माघ १२, २०८१

११.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन