काठमाडौँ । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल सांस्कृतिक महासंघले चैत २४–२६ गतेसम्म तेस्रो महाधिवेशन गर्ने निर्णय गरेको छ । सङ्घको सोमबार र मंगलबार विराटनगर महानगरपालिकास्थित मारवाडी सेवा सदनको सभाहलमा बसेको बैठकले उक्त निर्णय गरेको महामन्त्री शिवशंकर प्रसाद रिजालले जानकारी दिनुभयाे । उहाँका अनुसार बैठकले महाधिवेशन सम्बन्धी ६ वटा निर्णय गरेको छ ।
![](https://samacharpati.com/wp-content/uploads/2024/12/469729001_122150792906303089_3832109308864756731_n-1-1024x718.jpg)
महासचिव रिजालका अनुसार महासङ्घको तेस्रो अधिवेशन गर्न सबै पालिकाहरूमा २०८१ माघ १५ गतेभित्र ( अधिवेशन)
गरिसक्ने निर्णय भएको छ । यस्तै‚ २०८१ फागुन १५ भित्र प्रदेश तथा विधागत सङ्घहरूको अधिवेशन सम्पन्न गर्ने निर्णय बैठकले गरेको छ । यसबाहेक महासङ्घअन्तर्गत रहेका विधागत सङ्घहरूको विधान २०७३ संशोधन २०८१ सहितको विधान मस्यौदा सर्वसम्मत अनुमोदन‚ महासङ्घको विधानविरुद्ध संलग्न जो कोही महासंघका पदाधिकारी तथा समितिले प्रमाणका आधारमा
निलम्बन वा सदस्यहरुमाथि अनुशासन निष्कासन गर्न सक्ने निर्णय पनि भएको छ ।
साथै‚ नेपाल सांस्कृतिक महासङ्घको अधिवेशन तथा महाधिवेशन निर्धारित समयमा सम्पन्न गर्नका लागि नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिसँग प्रतिनिधि तोक्न अनुरोध गर्ने पनि बैठकले निर्णय गरेको उहाँले जानकारी दिनुभयाे ।
![](https://samacharpati.com/wp-content/uploads/2024/12/a2b05866-16d3-4ae7-b628-2f5d4d6919be-704x1024.jpg)