नेपाली क्रिकेटमा चुनौती र अवसर दुवै छन्ः नवनियुक्त प्रशिक्षक स्टुअर्ट ल

author

समाचारपाटी

४ हप्ता अगाडि

नेपाल क्रिकेट टोलीका नवनियुक्त प्रशिक्षक स्टुअर्ट लले नेपाली क्रिकेट टोलीबारे गत वर्षदेखि नै नियालेको उल्लेख गर्दै यहाँ आफ्नो लागि चुनौती र अवसर दुवै रहेको बताएका छन् ।  नेपाल क्रिकेट संघ (क्यान) ले पहिलोपल्ट शनिबार एक कार्यक्रमका बीच प्रशिक्षक ललाई सार्वजनिक गरेको थियो । मोन्टी देसाइको स्थानमा दुई वर्षका लागि नेपाली क्रिकेट टोलीको प्रशिक्षण समाल्ने उनी शुक्रवार राती मात्र नेपाल आइपुगेका हुन् । पत्रकार सम्मेलनमा उनले नेपालमा आफ्नो लागि चुनौती र अवसर दुवै हुने उल्लेख गरे । आफूले ठूलो टेस्ट टिमसँग पनि काम गरे पनि अब क्रिकेट विकासमा लाग्नुपर्छ भन्ने सोच राखेको उनले उल्लेख गरे । त्यसैले नेपालमा सबैभन्दा राम्रो अवसर पाउने बुझेर यहाँ आएको प्रशिक्षक ल बताउँछन् । उनले एसोसिएट टिमहरूमा नेपाल राम्रो टोली रहेको पनि उल्लेख गरेका छन् । तर नेपाललाई केही पक्षहरूको आवश्यकता छ भन्ने आफूले बुझेकेको उनले उल्लेख गरे । 
ती आवश्यक पक्षमा आफुले योगदान गर्नसक्ने उनको विश्वास रहेको छ । गत वर्ष डालसमा नेपालले अमेरिकासँग खेल्दा उनी अमेरिकी टोलीका प्रशिक्षक थिए । त्यतिबेला उनको टोली टी ट्वान्टी श्रृंखलामा ३–० ले पराजित भएको थियो । त्यतिबेला नै नेपाली टिममा धेरै क्षमतावान खेलाडी रहेछन् भन्ने आफूले थाहा पाएको उनको भनाइ छ । साथै नेपालमा क्रिकेटप्रति धेरै प्यासन रहेको पनि आफूले थाहा पाएको उनी बताउँछन् । उनले नेपाली क्रिकेटमा नै आउनुको कारण पनि खुलाएका थिए । आपूm जे कारणले क्रिकेटमा आएको र त्यो महत्वपूर्ण पक्ष क्रिकेटप्रतिको लगाव नेपालमा रहेको पनि उनको बुझाइ छ । तर आफू कहिल्यै नेपाल आएको नआएकाले यहाँको अवस्था राम्रोसँग केही चुनौती पनि हुनसक्ने उनी बताउँछन् । 
ती चुनौती सामना गर्न उनी तयार पनि छन् । चुनौती सामना गरिएन भने करियरमा कहिल्यै विकास नहुने उनी बताउँछन् । उनले क्रिकेट खेलमा कहिल्यै पनि सिकेर नसकिने नि उल्लेख गरेका छन् । सधैं राम्रो बन्ने प्रयास गर्नुपर्ने उनले औंल्याएका छन् । त्यसैले पनि आपूm चुनौती लिन नेपाल आएको उनी बताउँछन् । नेपालमा धेरै क्षमतावान् क्रिकेटर रहेको र केही दिनमा ती ५३ जना खेलाडीहरूको प्रदर्शन देख्ने उनको विश्वास छ । अहिले क्यानले ५३ खेलाडीबाट चार टोली विभाजन गरी राखेको क्लोज क्याम्प र अभ्यास खेलप्रति उनले औंल्याउँदै यहाँबाट खेलाडीबारे जान्न मद्दत मिल्ले विश्वास व्यक्त गरेका हुन् ।
यहाँबाट राम्रो र बलियो टोली बनाउन मद्दत मिल्ने उनको विश्वास छ । यहाँबाट सिनियर मात्र होइन जुनियर खेलाडी र अर्को जेनेरेसनका खेलाडी पाउनेमा उनी बताउँछन् । अस्ट्रेलियन प्रशिक्षक लले आफ्नो र अन्य प्रशिक्षकको प्रशिक्षणशैली केही फरक रहेको पनि बताए । खेलाडीहरूले नै आफ्नो बारेमा सोचुँन भन्ने उनको बुझाइ छ । जब उनीहरू मैदान खेल्न प्रवेश गर्छन् । त्यतिबेला खेलाडी आपैmँले नै निर्णय लिन सकुँन भन्ने चाहना रहेको उनको भनाइ छ । यतिबेला प्रशिक्षकको भूमिका पनि नरहने उनको बुझाइ छ । यसबारे उनीहरूलाई सिकाउने उनको लक्ष्य छ । उनले नेट सेसनमा खेलाडीलाई धेरै राम्रोसँग बुझ्न नसकिने तर खेल खेलिरहेको अवस्थामा उनीहरूबारे बुझ्न थप सहज हुने बताएका छन् । त्यतिबेला उनीहरूको क्षमता मात्र होइन उनीहरूको मानसिक अवस्था र खेलप्रति खेलाडीको सचेतनाका साथै अन्य पक्षबारे बुझ्न सकिने उनी बताउँछन् ।
यो नै खेल जित्ने आधारहरू रहेको उनले उल्लेख गरेका छन् । त्यसैले अहिले ५३ खेलाडीहरूको क्याम्पमबाट उनीहरूबारे जान्न सजिलो हुनेछ । तर यसको मतलब आफूले यहाँबाट नै टोली छनोट नगर्ने उनले स्पष्ट पारेका छन् । —न्युज एजेन्सी नेपाल


काठमाडौं

शुक्रबार, जेष्ठ १०, २०८२

२०.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘हामी देश बनाउन नसक्ने होइनौं, हामी अल्मलिएका छौं’:-शेखर कोईराला

राप्रपा सांसद कार्कीको कटाक्षः काँग्रेस सांसदहरु प्रधानमन्त्री खोज्न जानुभयो...

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः सांसद...

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘के घर के डेरा : घर नं २’:...

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन