नेपाल टी–२० लिगबाट काठमाडौं गोर्खाज बाहिरियो

author

समाचारपाटी

२ years अगाडि

नेपाल क्रिकेट संघ (क्यान) को आयोजना पहिलो पटक हुन लागेको नेपाल टी–२० लिग क्रिकेटको एउटा फ्रेन्चाइज टिम काठमाडौं गोर्खाजले प्रतियोगिताबाट नाम फिर्ता लिएको छ ।

लिग घोषणा हुँदादेखि नै आलोचना हुँदै आएको र विवादित बनेको नेपाल टी–२० मा पछिल्लो पटक फ्रेन्चाइजले नै हात झिकेपछि समस्यामा देखिएको छ ।

क्यानले आफ्नै आधिकारिक फ्रेन्चाइज गर्ने भन्दै गत जेठमा नेपाल टी–२० लिग घोषणा गरेको थियो । आगामी डिसेम्बर ११ देखि ३१ सम्म (मंसिर २५ देखि पुस १६ गते) सम्म पहिलो संस्करण आयोजना गर्ने तयारी भइरहेको थियो । तर लिग हुनु दुई हप्ता भन्दा कम समय बाँकी रहँदा कान्तिपुर मिडियाको स्वामित्वमा रहेको काठमाण्डौं गोर्खाजले नाम फिर्ता लिएको छ ।

क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले काठमाण्डौंले नाम फिर्ता लिएको पुष्टि गर्नुभयाे । ‘काठमाण्डौं गोर्खाजले नाम फिर्ता लिएको छ । अब त्यसको ठाउँमा नयाँ टिम समावेश गर्नुपर्ने हुन्छ,’ मल्लले भन्नुभयाे ।

लिग नजिकै आएको अवस्थामा एउटा टिमले नाम फिर्ता लिँदा अब के हुन्छ र यसले कस्तो असर पर्छ भन्ने प्रश्न उठेको छ । यसमा मल्ल भन्नुभयाे, ‘अब काठमाण्डौंसँग सम्झौतामा रहेका खेलाडीहरुलाई अर्को टिममा अनुबन्ध गराउनुपर्छ । आईसीसीबाट मान्यता लिइसकेकाले जसरी पनि यो लिग गर्नुपर्छ । यसले अब लिग एक साता जति पछि सर्न सक्छ ।’

यसअघि असोजमा गर्ने भनिए पनि निर्वाचनको अघि सुरक्षाको कारण देखाउँदै नेपाल टी-२० लिग सारिएको थियो ।

काठमाण्डौंसँगै लिगमा ६ टिमले प्रतिस्पर्धा गर्ने तय छ । क्यानले लिगका लागि नेपाली र विदेशी खेलाडीको ड्राफ्ट पनि गरिसकेको छ ।

काठमाण्डौंको मार्की खेलाडीमा राष्ट्रिय टिमका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल हुनुहुन्थ्याे । यस्तै काठमाण्डौं टिममा कमल सिंह ऐरी, अभिनाश बोहरा, बसिर अहमद जस्ता खेलाडी छन् । श्रीलंकन थिसारा परेरा, कामिन्दु मेन्डिस, धनन्जय डा शिल्भा पनि काठमाण्डौंमा अनुबन्ध थिए ।

source:-onlinekhabar


काठमाडौं

शुक्रबार, जेष्ठ ३, २०८२

३०.०१°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

लोकतन्त्र र व्यवस्था विरोधी गलत सामग्री रोक्न दूरसञ्चार सेवा...

सरकारले वातावरण बनाइदिए दश वर्षमा मुलुकको कायापलट हुन्छः उमेश...

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम...

संक्रमणकालीन न्याय छिटो टुंग्याउनुपर्नेमा काँग्रेसको जोड

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान