‘सेन्ट्रल कन्ट्रयाक्ट’प्रति सन्तुष्ट छैनन् महिला क्रिकेट खेलाडी

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको महिला टिमको केन्द्रीय सम्झौता (सेन्ट्रल कन्ट्रयाक्ट)मा खेलाडी कटौती गर्ने निर्णय आलोचित बनेको छ । बुधबार सम्पन्न क्यानको बैठकले महिला टिममा १२ जना खेलाडीलाई मात्र सेन्ट्रल कन्ट्रयाक्टमा राख्ने निर्णय गरेको थियो ।

महिला खेलाडीका लागि बजेट नभएको तर्क गर्ने क्यानले क्रिकेट सेन्ट्रल कन्ट्रयाक्टमा ६ खेलाडी कटौती गरी महिला क्रिकेट आफ्नो प्राथमिकतामा नपरेको सन्देश दिन खोजेको छ । सेन्ट्रल कन्ट्रयाक्टमा नपरेका खेलाडी भने क्यानले आफूहरुको भविष्य अन्योलमा पारेको भन्दै दुखेसो गर्छन् ।

राष्ट्रिय टिमका प्रमुख छनोटकर्ता दीपेन्द्र चौधरी महिला क्रिकेटबाट नतिजा निस्कन नसकेका कारण सेन्ट्रल कन्ट्र्याकमा रहने खेलाडीको संख्यामा कटौती गरिएको तर्क गर्छन् ।

सेन्ट्रल कन्ट्र्याक्ट सहज विषय नभएको भन्दै उहाँले थप्नुभयाे, ‘महिलाको प्रतियोगिता कम छ, नतिजा निस्किएको छैन । ‘महिलाहरुका लागि छुट्टै बजेट आउँदैन । केटाहरुका लागि आएको रकम छुट्याउने गरिएको छ,’ चौधरीले भन्नुभयाे ।

अन्तर्राष्ट्रिय क्रिकेटमा राम्रो प्रदर्शनका लागि खेलाडीलाई प्रोत्साहित गर्नुपर्ने आफ्नो जिम्मेवारी बिर्सेर क्यान खेलाडीको सुविधा कटौतीमा लागि परेको छ । पुरुषकै समान नतिजाको अपेक्षा गर्ने क्यानले महिला क्रिकेटमा गरेको लगानी तुलना नै गर्न मिल्दैन ।

‘हामीले पुरुष टिमकै सुविधा खोजेका होइनौं । तर, एउटा टिम पुग्ने गरी खेलाडी राख्नुपर्ने थियो,’ दशकदेखि राष्ट्रिय टिमबाट खेल्दै आएकी ब्याटर सरीता मगरले भन्नुभयाे ।

एपीएफकी सरीता यसपल्ट सेन्ट्रल कन्ट्र्याक्टबाट बाहिरिनुभएकाे छ । ‘२ वर्षदेखि मेरो प्रदर्शन राम्रो छैन । म करारमा परिनँ भनेर गुनासो पनि छैन । तर, प्रदर्शनका खेलाडीहरु पनि छुटेका छन्,’ उहाँले प्रतिप्रश्न गर्नुभयाे, ‘१४ वर्ष राष्ट्रिय टिममा खेलेर मैले के पाएँ त ? भविष्य नै नभएको करिअर भयो नेपालमा महिला क्रिकेटरको ।’

क्रिकेटमा भविष्य बनाउने लक्ष्यका साथ करिअरको सुरुवातमा रहेकाहरुलाई यस्तो व्यवहारले निरुत्साहित गर्ने उहाँको तर्क छ । सरीताको भनाइलाई पुष्टि गर्ने गरी एक युवा खेलाडीले क्यानको पछिल्लो ग्रेडिङबाट आफ दुरुत्साहित भएको बताउनुभयाे ।

‘हामीलाई एक प्रकारले दुरुत्साहन भएको छ । महिला राष्ट्रिय टिममा पर्छु भनेर खेल्ने हामीलाई करार संख्या घट्नु भनेको के देखेर क्रिकेट खेल्नु र कसरी भविष्य देख्नु,’ नाम नखुलाउने सर्तमा यू–१९ राष्ट्रिय टिमकी ती खेलाडीले भन्नुभयाे ।

खेल खेलेर केही गरौंला भन्ने आशा मर्दै गएको उहाँको भनाइ छ । भन्नुहुन्छ, ‘प्राक्टिस पनि जान छाडिसकें ।’


काठमाडौं

शुक्रबार, जेष्ठ ३१, २०८२

२१.५१°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

रिटर्नीहरूलाई राज्यले आवश्यक सम्मान र सहयोग गर्न सकेनः पुष्पकमल...

प्रतिपक्षीहरुको कारण अवरुद्ध संसद उनीहरुकै कारण सुचारु हुन्छः महेश...

समाजवाद घोषणा गर्ने बेला भयो, अब ढिला गर्नुहुँदैनः वामदेव...

स्टेडियमसहितको क्रिकेट मैदान निर्माणसँगै नेपालको क्रिकेटलाई माथिल्लो स्तरमा उठाउँछः...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ

आश्रम गुरुङ र रुपी सिङ्जाली मगरको स्वरमा “खाडी छिर्ने...

गायिका सुनिता ठगिमको स्वर रहेको गीत ‘जाली रुमाल’ सार्वजनिक

देउडा फ्युजनकी रानी लक्ष्मीले प्रतापसँग गाइन् ‘नौली हदेली’ लक्ष्मी...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन