काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को कार्यसमिति सचिवका लागि राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्का र प्रशान्तविक्रम मल्लले उम्मेदवारी दर्ता गर्नुभएकाे छ । पहिलो पटक क्यानमा प्रवेश गर्नुभएका पारसले कार्यबहाक सचिवका रुपमा काम गरिसकेका मल्लविरुद्ध उम्मेदवारी दर्ता गराउनुभएकाे हाे । मतदान आजै गर्ने तयारी निर्वाचन समितिले गरेको छ । क्यानको अध्यक्षलगायत पदाधिकारी भने सर्वसम्मत चयन भइसकेका छन् । अध्यक्षमा चतुरबहादुर चन्द नै दोहोरिनुभएकाे छ । उपाध्यक्षमा रोशन सिंह र कोषाध्यक्षमा पदमबहादुर खड्का निर्विरोध चयन हुनुभएकाे छ ।
यस्तै, महिला सदस्यमा जयन्तीदेवि भट्ट, कर्णालीमा श्रीधर केसी र लुम्बिनी प्रदेशमा प्रदिप मजगैया निर्विरोध हुनुभएकाे छ । चुनाव हुने १७ पदका लागि ३१ जनाले उम्मेदवारी दर्ता गराउनुभएकाे छ । यसअघि शुक्रबारको साधारण सभाले दुई सदस्य थप्ने भनिए पनि १७ सदस्य समितिकै चुनाव गरिएको हो । आईसीसीबाट अनुमति लिएरमात्र कार्यसमितिमा पद थप्ने निर्णय भएको नवनिर्वाचित कोषाध्यक्ष पदमबहादुर खड्काले जानकारी दिनुभयाे ।