fbpx

निर्माण उद्योगका समस्या समाधानका लागि तत्काल उच्चस्तरीय आयोग गठन गर्न माग

author

समाचारपाटी

३ हप्ता अगाडि

नेपाल निर्माण व्यवसायी महासंघले निर्माण उद्योगप्रतिको सरकारी उदासिनताबिरुद्ध निर्णायक आन्दोलनका लागि पुस २७ राष्ट्रिय भेला गर्ने भएको छ ।


बिहीवार महासंघले काठमाडौंमा पत्रकार सम्मेलन गरी निर्माण उद्योगप्रतिको सरकारी उदासिनताबिरुद्ध पुस २७ गते निर्णायक आन्दोलनका लागि राष्ट्रिय भेला—२०२१ आयोजना गर्ने जनाएको हो । पत्रकार सम्मेलनमा बोल्दै महासंघका महासचिव रोशन दाहालले भेलाको आदेशअनुसार आन्दोलनका चरणवद्ध कार्यक्रमहरु गर्ने चेतावनी दिनुभयो । उहाँले निर्माण व्यवसायीहरुले निर्माण कार्य गरेबापतको विगत आर्थिक वर्षहरुमै भुत्तःानी हुनुपर्ने वक्यौता रहेको ठूलो रकम अझै भुक्तानी नहुँदा निर्माण व्यवसायीहरुमा विकराल अवस्था सिर्जना भएको बताउनु भयो । बिना बजेटका टेण्डर आह्वान भएबाट निर्माण उद्योगमा अझै प्रतिकुल अवस्था सिर्जना हुनसक्ने बताउनु भयो । आयोजना सञ्चालनमा रहेको तर सरकारी बजेट तथा कार्यक्रमबाट शिर्षक नै नभएका आयोजनाहरु आवश्यक पर्ने बजेटको सुनिश्चितता हुनुपर्ने माग गर्नुभयो । आ.व. २०८१÷०८२ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा निर्माण उद्योगका विद्यमान कुनैपनि समस्या सम्बोधन नभएको भन्दै निर्माण व्यवसायीहरुको भुक्तानीका समस्या स्थायी रुपले समाधान हुनुपर्ने माग राख्नुभयो । आयोजनाहरुको प्राथमिकीकरण गरी श्रोत बिनाका ठेक्काहरु तत्काल खारेज गर्नुपर्ने, सिमेन्टमा प्रतिबोरा २ सय भन्दा बढी र डण्डीमा प्रतिकेजी १५ रुपैयाँसम्म मूल्यवृद्धि गरिएको भन्दै आपत्ति जनाउनु भयो । निर्माण उद्योगका समस्या समाधानका लागि महासंघ समेतको प्रतिनिधित्व रहनेगरी तत्काल उच्चस्तरीय आयोग गठन गर्न पनि महासंघले माग गरेको छ । 


पत्रकार सम्मेलनमा बोल्दै महासंघका अध्यक्ष रवि सिंहले सरकारले सात दिनमा भुक्तानी गर्छु भनेपनि अहिलेसम्म पनि निर्माण व्यवसायीहरुको भुक्तानी नगरेको बताउनु भ्यो । उहाँले सरकार सञ्चालन गर्ने संयन्त्र र कर्मचारीतन्त्रको मिलेमतोमा निर्माण व्यवसायीहरुलाई ट्रयापमा पारिएको बताउनु भयो । बिना बजेटको योजना टेण्डर गराएर सम्झौता गर्ने तर योजनाको रकमको व्यवस्थापन सरकारले गर्न नसकेको अवस्था रहेको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘सरकारले सात दिनमा भुक्तानी गर्छु भनेर नाफिजको कार्यक्रममा भन्नुभएको हो । उहाँले पटकपटक सरकारको प्रधानमन्त्रीज्युलेखि उपप्रधानमन्त्रीज्यु, विकासे मन्त्रालयको मन्त्रीज्युसमेतले भौतिक पूर्वाधार तथा यातायात मन्त्रीज्युले के भन्नुभएको थियो भने कार्यक्रमलाई उद्घाटन गर्दैगर्दा दुई हप्तापछि हुनेछ भन्नुभएको थियो । अहिले उहाँले कहाँ कहाँ भुक्तानी बाँकी छ त्यसको लिस्ट लिएर आउनुस् भन्नुभयो । यसको प्रमुख भनेको श्रोत बिनाको ठेक्काहरु खारेज गर्नुप¥यो । राज्यले साढे ६ खर्बका योजनाहरु हामीसँग सम्झौता गरेको छ । राज्य संयन्त्र चलाउने र कर्मचारीहरुको मिलेमतोमा हामीलाई ट्रयापमा पारिएको छ । हामीलाई बिना बजेटको योजना टेण्डर गराएर हामीसँग सम्झौता गरेको छ । त्यो योजनाको रकमको व्यवस्थापन सरकारले गर्न सकेको छैन ।’


अध्यक्ष सिंहले श्रोत सुनिश्चित नभएका योजनाहरु खारेज नगरे बाध्य भएर आन्दोलनमा उत्रिनुपर्ने चेतावनी दिनुभयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

शनिबार, माघ १२, २०८१

१०.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन